नेपालगञ्जबाट कैलाश मानसरोवर दूरदर्शन उडान

सदरलाइन संवाददाता १५ माघ २०८०, सोमबार १३:५६
 

नेपालगञ्ज : एक वर्ष अघिदेखिको प्रयासपछि चीनमा रहेको कैलाश मानसरोवरको नेपालगञ्जबाट दूरदर्शन हवाइ सेवा सफल भएको छ । सोमबार बिहान ३९ जना भारतीय र केही नेपालीले नेपालगञ्जको राँझा विमानस्थलबाट श्री एयरको विमानबाट एक घण्टा कैलाश मानसरोवरको दूरदर्शन गरेका हुन् ।

झन्डै दुई सातादेखि बाक्लो हुस्सु र कुहिरोले ढाकेको नेपालगञ्जमा सोमबार बिहानैदेखि घाम लागेपछि मानसरोवरको हवाइ यात्रा सफल भएकोे थियो । तीन दिनदेखि विमान उडाउने तयारी थियो ।

नेपालगन्जको चार तारे सिद्धार्थ होटलको पहलमा भारतको ट्रिप टु टेम्पल, पथ हिल होलिडेसँगको सहकार्यमा सोमबार बिहान श्री एयर लायन्सको चार्टड विमानले एक घण्टाको कैलाश मानसरोवरको दूरदर्शन गराएको भ्रमण टोलीका संयोजक ट्रिप टु टेम्पलका सञ्चालक विकास मिश्रले बताए ।


उनका अनुसार अनलाइन पाठपूजा डटकम इण्डियाले भारतबाट ल्याएका पण्डित अभिवन त्रिपाठीले सुरुमा नेपालगञ्जको बागेश्वरी मन्दिरमा पूजापाठ गरी कैलास मानसरोवर पुग्दा विमानमै र नेपालगञ्ज फर्केर होटल सिद्धार्थमा लाख बत्ति बालेर पूजा पाठ गरिएको थियो ।

होटल सिद्धार्थका क्षेत्रीय प्रबन्धक केशव न्यौपान कैलाश मानसरोवरको नेपालगन्जबाट दूरदर्शन सेवा सफल भएपछि लगत्तै अरु उडानका लागि पनि माग भइरहेको बताउँछन् । १६ माघ २०७९ मा नेपालगञ्जमा आयोजना गरिएको वेष्टर्न ट्राभल मार्ट फेम ट्रिप वीथ सेल्स मिशनको अवसरमा नेपालगञ्जबाट कैलाश मानसरोवर दूरदर्शनको उडान भए पनि खराब मौसमका कारण विमान आधा बाटोबाटै फर्काइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रहरीमाथि आक्रमण गर्ने चार पक्राउ

१५ माघ २०८०, सोमबार १३:५६
नेपालगञ्ज : रुकुमपश्चिम ड्युटिमा रहेका प्रहरीलाई कुटपिट गरी घाइते बनाएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काका अनुसार बाँफिकोट गाउँपालिका –४ का २८ वर्षीय लक्ष्मण बिक, सोही वडाका २२ वर्षीय जनक खनाल, वडा ५ का २२ वर्षीय कैलाश पुरी र […]