कुपोषण विरुद्ध अभियान चलाउन सुआहाराद्वारा गाविस र वडा सचिवलाई अनुशिक्षण

१५ पुष २०७३, शुक्रबार ११:५७
 

सदरलाइनडटकम 
१५ पुस, नेपालगन्ज : बाँकेमा कुपोषण बिरुद्ध अभियान चलाउने उद्देश्यले गाविस सचिव तथा वडा सचिवहरुलाई अनुशिक्षण दिईएको छ । जिविस बाँके र विभिन्न सरोकारवाला निकायको सहयोगमा बाँकेका गाविस सचिव, नगरपालिका र उप–महानगरपालिकाका वडा सचिवहरुलाई बहुक्षेत्रीय पोषण योजनाका बारेमा एक दिने अनुशिक्षणका दिईएको हो ।
बाँकेका स्थानीय विकास अधिकारी हरी प्याकुरेलले अनुशिक्षणमा सहभागि गाविस सचिव तथा वडा सचिवहरुलाई आ–आफ्नो गाविस वा नगरका वडाहरुमा सुआहाराले सञ्चालन गरेको दोश्रो चरणको पोषण सम्बन्धी कार्यक्रमलाई जनस्तरसम्म पु¥याउन सक्दो सहयोग गर्न निर्देशन दिए ।
उनले जिल्लाको विकासको लागि स्वास्थ्यको अहम भूमिका हुने भएकोले खासगरी स्वास्थ्यको क्षेत्रमा आउने कार्यक्रमको बारेमा विशेष चासोको साथमा लिएर कार्यान्वयनको अवस्थासम्म ध्यान पु¥याउन आग्रह गरे ।
स्थानीय विकास अधिकारी प्याकुरेलले गाविस परिषदबाट अनिवार्य रुपमा आफुले गर्ने कार्यक्रमहरुको अनुमोदन र सम्बोधन गराउदै आ–आफ्ना कार्यक्रम लिएर जानको लागि विभिन्न गैसस तथा अन्तराष्ट्रिय गैससलाई जानकारी गराउन निर्देशन दिदै भने–‘तपाईको गाविस वा नगरको वडामा कार्यक्रम लिएर जाने गैसस र अन्तरष्ट्रिय गैससलाई आफ्नो कार्यक्रम गाविसको परिषदमा पुराउनै पर्ने अन्यथा गाविस वा नगरका वडामा प्रवेश नपाउने जानकारी गराउनु होस । अटेरी गर्नेको कार्यक्रम नै लागू गर्न दिईने छैन ।’
जिल्ला जनस्वस्थ्य कार्यालय बाँकेका प्रमुख खिमबहादुर खड्काले जिल्लामा पोषणको अवस्था अत्यन्तै नाजुक अवस्थामा रहेको बताए । उनले मधेशी र मुस्लिम समुदायका आमाहरुमा पोषणको अवस्था दिनानुदिन नाजुक हुँदै गएकोले सबै सरोकारवाला निकायले यसतर्पm ध्यान दिन आवश्यक रहेको औल्याए ।
उनले पोषणको अभवको कारण बाँकेमा चालु आर्थिक वर्षको पुस १४ गतेसम्म बाँकेमा १२ जना सुत्केरी आमाले ज्यान गुमाएको, ८ जना बच्चा जन्मेर केही दिनको अन्तरमा मृत्यु भएको र १४ वटा गर्भ अवस्था मै मृत भएर जन्मेको तथ्याङ्क सुनाए । उनले बालमृत्यु दर र आमा मृत्यु दर चालु आर्थिक वर्षको ५ महिना नपुग्दै व्हात्तै बढ्नुले जनस्वास्थ्यका दृष्टिले अत्यन्तै नाजुक अवस्था भएकोले सबैको सहकार्य आवश्यक रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा आमा बचाउ अभियान सञ्चालनमा ल्याईने

१५ पुष २०७३, शुक्रबार ११:५७
सदरलाइनडटकम  १६ पुस, नेपालगन्ज : बाँकेमा चालु आर्थिक वर्षको साढे पाँच महिनामै एक दर्जन सुत्केरी आमाको मृत्यु भएपछि आमा बचाउ अभियान सञ्चालन गर्ने तयारी भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका प्रमुख तथा बरिष्ठ जनस्वास्थ्य प्रशाशक खिमबहादुर खड्काले प्रत्येक महिनामा सरदर दुई भन्दा बढी सुत्केरी आमाको मृत्यु हुन थालेपछि सो […]

सम्बन्धित