झाडापखालाले बर्दियामा बालबालिका प्रभावित

सदरलाइन संवाददाता १७ जेष्ठ २०८०, बुधबार १३:३७
 

बर्दिया : अत्यधिक गर्मीका कारण बर्दियामा बालबालिका झाडापखालाबाट प्रभावित बन्दै गएका छन् । विशेषगरी १० वर्षमुनिका बालबालिका झाडापखाला, आउ पर्ने र पेट दुःख्ने समस्याले जिल्ला अस्पतालमा दैनिक दर्जनौं उपचारका लागि आउने गरेका छन् ।

दिनको तापक्रम ४० डिग्रीसम्म पुग्ने गरेको बर्दियामा सबैभन्दा बढी बालबालिका बिरामी पर्न थालेको बालरोग विशेषज्ञ डा. विश्वनाथप्रसाद साहले बताए । प्रचण्ड गर्मी र खानपानका कारण झाडापखालाले बालबालिका प्रभावित भएको उनले जनाए ।


जिल्ला अस्पतालमा झाडापखालाबाट प्रभावित बालबालिका झन्डै २०/२२ जना उपचारका लागि आउने गरेका छन् । यसबाहेक टाउको दुःख्ने, ज्वरो आउने, दीर्घरोगीलगायत इमर्जेन्सीका बिरामी भरिभराउ हुने गरेको छ ।

बहिरंग सेवामा दैनिक २ सय ५० बिरामी उपचारका लागि यहाँ आउने गरेको जिल्ला अस्पाताल, बर्दियाले जनाएको छ । इमर्जेन्सीलगायत अस्पतालका शय्या बिरामीले भरिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

डुडुवाका महिला स्वास्थ्य स्वयम सेविकाले माघमै पाउनु पर्ने पोषाक भत्ता जेठमा पनि पाएनन

१७ जेष्ठ २०८०, बुधबार १३:३७
डुडुवा (बाँके) :  बाँकेको डुडुवा गाउपालिकामा महिला स्वास्थ्य स्वयमसेविकाका लागि पोषाक भत्ता बितरण गर्ने रकम पेस्की लिएर पाँच महिनादेखि व्यक्तिगत रुपमा चलाएको पाईएको छ । गत माघ महिनामा महिला स्वयंसेवीकालाई पोषाक तथा अर्धवार्षिक समीक्षा कार्यक्रम गर्ने उदेस्यले पेस्की लिएका बाँकेको होलिया स्वास्थ्य चौकीका ईन्चार्ज समेत रहेका सिअहेव कमल उपाध्यापले पेस्की […]