बाँकेमा पहिलो पटक स्वास्थ्यकर्मीमा संक्रमण

८ जेष्ठ २०७७, बिहीबार २३:४१
 

सदरलाइनडटकम,
नेपालगञ्ज  : बाँकेमा पहिलो पटक स्वास्थ्यकर्मीलाई कोरोना भाइरस (कोभिड–१९) पोजेटिभ पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार बेलुका सार्वजनिक गरेको थप ३ संक्रमित मध्ये दुईजना बाँकेका पोजेटिभ देखिएकोमा ती मध्ये एक स्वास्थ्यकर्मी भएको जानकारीमा आएको छ ।


ती दुईजना मध्ये बाँकेकी एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएको पाइएको हो । बाँकेको खजुरा गाउँपालिका वडा नम्बर–३, की ४२ बर्षिया ती संक्रमित महिला हुन ।

नेपालमा हालसम्म ६ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा बिहिबार बेलुकासम्म संक्रमितको संख्या ४५७ पुगेको छ भने, बाँकेमा मात्रै १ सय १ जना कोरोना संक्रमित रहेका छन् ।

Next Post

नेपालगञ्जका २१ संक्रमित कोरोना जितेर घर र्फर्कदै

८ जेष्ठ २०७७, बिहीबार २३:४१
सदरलाइनडटकम, नेपालगञ्ज  : बाँकेको नेपालगञ्जको पहिलो संक्रमित ६० वर्षिय पुरुष तथा नेपालगञ्ज–८ जोलाहनपुरका २० जना गरी २१ जनाले कोरोना जितेर शुक्रबार बिहान डिस्चार्ज हुदैछन् । भेरी अस्पताल नेपालगञ्जका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर थापाले खजुरामा रहेको कोरोना विषेश आईसोलेशन अस्पतालमा उपचार गराई रहेका उनीहरु मध्येका पहिलो ६० वर्षिय पुरुष संक्रमितको तेस्रो […]