उम्मेदवार कँडेलका पक्षमा जनमत जोडिदै, विभिन्न समुदायले साथ दिने प्रतिबद्धता

१४ मंसिर २०७४, बिहीबार ११:२८
 

सदरलाइनडटकम
१४  मंसिर, नेपालगन्ज  : एकिकृत राप्रपा राष्ट्रवादीका उम्मेदवार तेजनारायण कंडेललाई विभिन्न समुदायले स्वागत गर्ने क्रम जारी रहेको छ । बुधबारमात्र नेपालगन्जका मारवाडी समुदायले सहयोग गर्ने प्रतिवद्धता सहित स्वागत गरेको उनको प्रचार सचिवालयले जनाएका छ ।
नेपालगन्ज धम्बोझीस्थित खजुरारोड क्षेत्रमा घरदैलो गर्ने क्रममा मारवाडी समुदायका अगुवाले एकिकृत राप्रपा(राष्ट्रवादी) पार्टीले मात्र राष्ट्रियताको रक्षा र विकास गर्ने बताए । बाँके क्षेत्र नम्बर २ का प्रतिनिधि सभा उम्मेदवार एवम् एकिकृत राप्रपा राष्ट्रवादीका केन्द्रिय सह–प्रवक्ता कँडेलको व्यक्तित्व र लगनशिलता प्रति उच्च प्रशंसा गर्दै मारवाडी समुदायका अगुवाले निर्वाचित भएपछि समग्र बाँकेको विकासका साथै नेपालगन्जको व्यापार, व्यवसाय प्रर्वद्धनका लागि विशेष प्राथमिकता दिन आग्रह गरेका थिए ।
सो क्रममा प्रतिनिधी सभा उम्मेदवार कँडेलले यसक्षेत्रको समृद्धि र विकासका निम्ति जनताको चाहना अनुरुप उम्मेदवारी दिएको प्रष्ट्याउँदै आफ्नो दक्षता र क्षमतालाई यहाँका जनताले स्वीकार गरिसकेको बताए । अब जनतामा चेतना जागेकाले हावादारी कुराको भ्रममा नपर्ने भन्दै आफुलाई जिताउन सम्पुर्ण शक्ति लागि सकेको बताए ।


त्यसअघि नेपालगन्जको बुलबलिया, गगनगञ्ज र सुर्जीगाउँ लगायत क्षेत्रमा घरदैलो गरेका एकिकृत राप्रपा राष्ट्रवादीका उम्मेदवारले विकासका लागि भोट दिन आग्रह गरेका थिए । नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायतका ठूला दलहरुले क्षेत्र नम्वर २ मा आफ्नो उम्मेदवार नदिएर समर्थकका रुपमा मात्रै उभिएका कारण त्यसको फाईदा एकिकृत राप्रपा राष्ट्रवादीका युवा नेता कँडेलले लिने चर्चा राजनीतिक वृत्तमा चलेको छ ।



यसैगरी विहीबार बिहान उम्मेदवारसहितको टोलीले ओम शान्तिमा पुगेर आर्शिबाद लिएर डिएस्पी रोड, रानी तलाउ लगायतको स्थानमा मतदातासंग मत मागेको उम्मेदवार कंडेलले जानकारी दिए । उनले सनातन हिन्दुत्वलाई मन पराउनेको संख्या अधिक रहेकाले आफ्नो जित सुनिश्चित रहेको बताए । घरदैलोमा प्रतिनिधी सभा–२ का उम्मेदवार कँडेल सहित प्रदेश सभा–२ क का उम्मेदवार दीपक चौधरी, प्रदेश सभा–२ ख का हरदेव बक्स चौधरी, समानुपातिक उम्मेदवार कृष्ण खरेल, प्रदेश सभा समानुपातिक उम्मेदवार बिनोदजंग शाह पनि सहभागी भएका थिए ।

    

Next Post

‘लोकतान्त्रिक गठबनधनले जितेमात्र नेपालगन्जको विकास संभव’

१४ मंसिर २०७४, बिहीबार ११:२८
सदरलाइनडटकम  १४ मंसिर, नेपालगन्ज : प्रचारप्रसारका लागि उम्मेदवारहरुलाई अब ४ दिनको मात्र समय रहँदा बाँकेमा प्रचार प्रसारको चटारो छ । लोकतान्त्रिक गठबन्धनको लागि मत माग्दै प्रचारका हिडेका नेपालगन्जको मेयर डा. धवल शम्शेर राणा र उपमेयर उमा थापामगरले एउटै मञ्चबाट एउटै स्वरमा भने ‘नेपालगन्जको विकास गर्ने हो भने लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई […]