तुलसीपुर बसपार्कमा आगलागी, लाखौंको क्षति

सदरलाइन संवाददाता २ मंसिर २०७९, शुक्रबार १२:५८
 

नेपालगञ्ज : दाङको तुलसीपुर बसपार्कमा रहेको एक किराना पसलमा आगलागी हुँदा लाखौँको क्षति भएको छ ।

गएराति तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ बसपार्कस्थित बिशाल बिकले सञ्चालन गरेको चिया तथा किराना पसलमा बिद्युतको तार सर्ट भई एक्कासी लाग लागि भएको थियो ।


आगलागी हुँदा खाद्यान्न, बिस्कुट, चाउचाउ लगायतका सामग्री जलेर नष्ट भएको हो । आगलागीबाट ५ लाखको क्षति भएको अनुमान गरिएको छ ।

तुलसीपुर उपमहानगरपालिकाको दमकल, स्थानीयवासी, सशस्त्र प्रहरी, जनपद प्रहरीको सहयोगमा आगो निभाइएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । राती ८ बजेतिर लागेको आगो ९ बजे नियन्त्रणमा आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दाङमा हथौडा प्रहार गरि श्रीमतीको हत्या

२ मंसिर २०७९, शुक्रबार १२:५८
नेपालगञ्ज : दाङका एक ब्यक्तिले हथौडा प्रहार गरि श्रीमतिको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय खिलतपुरका अनुसार बबई गाउँपालिका १ क्युरेनी निवासी ४० बर्षीय लालबहादुर बोटेलेले श्रीमति ३४ बर्षीया खुमी बोटेलाई हथौडा प्रहार गरि हत्या गरेका हुन् । सोमवार विहान ३ बजे हथौडा प्रहार गरि श्रीमतिको हत्या गरेको थाहा […]

सम्बन्धित