सदरलाइनडटकम,
काठमाण्डौ : अफगानिस्तानका विकेटकिपर ब्याट्सम्यान मोहमद शहजाद एभरेस्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगिता खेल्न नेपाल आउने भएका छन् । शहजाद इपिएल टिम चितवन टाइगर्ससँग आबद्ध भएका हुन् ।
चितवनले शहजाद टिममा आबद्ध हुँदा खुशी व्यक्त गरेको छ । उनी पछिल्लो समय अफगानिस्तानको टिममा छैनन् । कारणबश टिमबाट बाहिर रहेका ३३ वर्षीय शहजाद विस्फोटक ब्याट्सम्यान मानिन्छन् ।
उनले अफगानिस्तानका लागि ८४ एकदिवसीय, ६५ टी–२० र २ टेस्ट खेलेका छन् । जसमा उनले एकदिवसीयमा ६ शतक र टी–२० मा एक शतक हिर्काएका छन् । यसअघि चितवनले सिजनका लागि सोमपाल कामीलाई पनि भित्र्याएको थियो ।
