कोहलपुर (बाँके) : बाँकेको कोहलपुर नगरपालिकामा रहेको मध्यपश्चिम विश्वविद्यालय बागेश्वरी बुहुमुखी क्याम्पसमा १ करोड १७ लाखमा ग्राजुएट स्कुल अप म्यानेजमेन्टको भवन बन्न लागेको छ ।
बिहीबार मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्द बहादुर सिंहले शिलान्यास गरेका छन् ।
सिंहले विविए भवनको समेत समुदघाटन गरेका थिए । सिंह मध्यपश्चिम विश्वविद्यालय बागेश्वरी बहुमुखी क्याम्पसमा अनुगमन तथा निरिक्षण कार्यक्रममा शिलान्यास र उदघाटन गरेका हुन् ।
यस्तै क्याम्पस प्रमुख दान बहादुर हमालले मध्यपश्चिम विश्वविद्यालय बागेश्वरी बहुमुखी क्याम्पसमा कमर्सको भवन छुट्टै निर्माण गरी गुणस्तरीय शिक्षा प्रदान गर्ने बताए ।
‘विगत १ वर्षदेखि कमर्स सञ्चालन भएतापनि छुट्टै भवन भने थिएन,’ ‘तर अबको केही महिनामा नै आफ्नै भवन हुनेछ ।’ उनले भने ।
कार्यक्रममा विश्वविद्यालयका पदाअधिकारी र क्याम्पसका प्राध्यापक तथा विद्यार्थीहरुको समेत उपस्थिति रहेको थियो ।