राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा विश्व पौडेल

सदरलाइन संवाददाता १२ श्रावण २०७८, मंगलवार १७:५९
 


काठमाडौँ : सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अर्थविद् विश्व पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ । मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई उपाध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो ।

यसैगरी मन्त्रिपरिषद् बैठकले सरकारले गण्डकी र लुम्बिनी प्रदेशका प्रदेश प्रमुख परिवर्तन गरेको छ । दुई साताअघि शेरबाहादुर नेतृत्वको सरकार बनेपछि प्रदेश प्रमुखहरु हेरफेर भएको हो ।


मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले लुम्बिनी प्रदेशको प्रदेश प्रमुखमा अमिक शेरचन र गण्डकी प्रदेशमा पृथ्वीमान गुरुङलाई नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो । गण्डकीमा सीताकुमारी पौडेल र लुम्बिनी प्रदेशमा धर्मनाथ यादव प्रदेश प्रमुखमा छन् ।पौडेल २०७८ वैशाख २० र यादव २०७६ कात्तिक १८ गते नियुक्त भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कार्यवाहक प्रधानसेनापति प्रभुराम शर्मालाई

१२ श्रावण २०७८, मंगलवार १७:५९
काठमाडौं  : सरकारले प्रभुराम शर्मालाई कार्यवाहक प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको छ । मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले शर्मालाई कामु प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको हो । शर्माले हाल सेनामा बलाध्यक्ष र बलाधिकृत रथीको जिम्मेवारी सम्हालिरहेका थिए । हालका प्रधानसेनापति पूर्णचन्द्र थापाले २५ भदौबाट अनिवार्य अवकाश पाउँदैछन् । अवकाशको एक […]