चरेशसहित बाँकेमा एक महिला पक्राउ

सदरलाइन संवाददाता ११ माघ २०७८, मंगलवार १४:१३
 

नेपालगञ्ज : नेपालगञ्ज एयरपोर्टबाट प्रतिबन्धित लागुऔषध चरेशसहित मंगलवार एकजना महिला पक्राउ परेकी छन् । तिलागुफा नगरपालिका–७ जुम्लाकी ५० वर्षीया कृष्णकला शाहीलाई विमानस्थलबाट ३३ ग्राम चरेशसहित पक्राउ गरिएको बाँकेका डिएसपी मधुसुदन न्यौपानेले जानकारी दिए ।

बुद्ध एयरको पौने १० बजेको फलाइटबाट काठमाण्डौ जान लागेकी शाहीलाई टर्मिनल हलबाट बाहिरीने क्रममा महिला सुरक्षाकर्मीले जाँच गर्नेक्रममा चरेश फेला पारेको जनाइएको छ ।


महिला र बरामद पदार्थलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु भइसकेको प्रहरीले जनाएको छ । यसअघि नेपालबाट भारत जानेहरु चरेससहित जमुनाहा नाका र सीमापारी भारतीय सुरक्षा निकाय एसएसबीले पक्राउ गर्दै आएकोमा विमानबाटै काठमाण्डौ लैजान लागेको अवस्थामा चरेशसहित पक्राउ गरिएको यो पहिलो घट्ना भएको बताईएको छ ।

शाहीले औषधिकोरुपमा आफुले चरेश राखेको प्रहरीलाई प्रारम्भिक बयान दिइएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा १६२ संक्रमित थपिए, ४६ डिस्चार्ज

११ माघ २०७८, मंगलवार १४:१३
नेपालगञ्ज : बाँकेमा परीक्षण भएकामध्ये मंगलवार ६५ प्रतिशतबढीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीन वटा प्रयोगशालामा दुई सय ४७ नमुना परीक्षण भएकोमा एक सय ६२ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रले जनाएको छ । भेरी अस्पतालमा एक सय ३६ जनाको नमुना जाँच गर्दा […]

सम्बन्धित