सिलाई मेसिन बितरण गर्दै एक महिने तालिम सम्पन्न

सदरलाइन संवाददाता ६ जेष्ठ २०८०, शनिबार १४:३८
 

जानकी (बाँके) : जानकी गाउँपालिका वडा नं–३ का बिपन्न परिवारलाई लक्षित गरि एक महिने सिलाई कटाई तालिम सम्पन्न भएको छ । बैशाख ७ गतेदेखि सञ्चालित तालिम एक समारोहकाबीच समापन गरिएको हो ।

समापनमा बोल्दै वडाअध्यक्ष राजकुमार बर्माले महिलाहरु घरमै बसेर आयआर्जन गर्न सक्ने भएको बताए । उनले सीप भएपछि कसैको अगाडी हात थाप्नुपर्ने अवस्था नआउने बताए ।

समापन समारोहमा जानकी गाउँपालिका कार्यपालिका सामाजिक बिकास संयोजक राम अचल धोबी, कार्यपालिका सदस्यहरु राजेन्द्र सिंह, वडा सदस्यहरु लक्ष्मी कुमारी पासी, निलम सिंह ठाकुरानी, हुसेनी अहिर र जानकीको योजना शाखा प्रमुख शोभा पौडेलको उपस्थिति रहेको थियो ।


जानकी गाउँपालिका वडा नं–३ को आर्थिक सहयोगमा समृद्धि फाउण्डेशन नेपालले सो तालिम सञ्चालन गरेको थियो । वडाको बिभिन्न पाँच वटा टोलका २१ जना महिलाहरुको सहभागिता रहेको तालिममा सुष्मा शेषले प्रशिक्षण दिएकी थिइन् ।

तालिममा सहभागि भएका महिलाहरुको आयस्तर बृद्धि होस भन्ने उद्देश्यले सबैलाई एक एक सेट हाते सिलाई मेसिन बितरण गरिएको संस्थाका अध्यक्ष महेश चौधरीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

रोजगारीका लागि महिलामैत्री वातावरण र लैगिंक समानतामा जोड

६ जेष्ठ २०८०, शनिबार १४:३८
बर्दिया : बाँके युनेस्को क्लबले युवा महिलाको रोजगारीकालागि स्थानीय स्तरमा अवसर, सम्भावना तथा आगामी प्राथमिकताका विषयमा छलफल गर्न बर्दियाको गुलरियामा एक संवाद कार्यक्रम गरेको छ । प्लान इन्टरनेशनल नेपालको सहयोगमा बाँके युनेस्को क्लबद्धारा सञ्चालन गरिएको पर्ल परियोजना अन्तर्गत सो संवादको आयोजना गरिएको हो । गुलरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमकार […]