मुशलधारे पानीमा रुझ्दै लूट-२ का सुशिलराज

१७ फाल्गुन २०७३, मंगलवार १२:३४
 

सदरलाइनडटकम 
१७ फागुन : फाल्गुन १३ गते अल नेपाल रिलिज भएको लूट २ ले राम्रै सफलता हात पारे सगै यसका सबै पात्रहरुको पनि ब्यस्तता बढ्दै गएको छ् । यस्तैमा नायक नायिकाहरु भने म्युजिक भिडियोमा ब्यस्त हुन थालेका छन ।
यसै क्रममा लूट २ का एक नायक रहेका सुशिल राज पाण्डेद्वारा अभिनित एक म्युजिक भिडियो पनि सार्वजनिक भएको छ । समपूर्ण मिडिया टेलीभिजन र यु ट्युबबाट पनि रिलिज भएको उक्त उक्त गीतमा भने उनी बिरामी नै हुने गरी पानीमा भिजेका छन ।
भिडियोमा उनीसँगै नेवारी फ्लिमकी नायिका रहेकी दिपमाला महर्जनले साथ दिएकी छिन भने अर्का एक नव मोडेल बिकेश श्रेष्ठको पनि अभिनय पनि देख्न पाईन्छ । भिडियोमा यल्सा खड्काको कोरियोग्राफी रहेको छ ।
सिनेम्यटोग्राफर ज्ञानेन्द्र शर्मा रहेका छन भने यस् भिडियोलाई उज्ज्वल ढकालले इडीटिङ गरेका छन । किर्तिपुर लगयत काठमान्डौंको बिभिन्न मनोरम ठाँउहरुमा शुटिङ गरिएको उक्त म्युजिक भिडियोलाई संचारकर्मी सरोज श्रेष्ठले निर्देशान गरेका छन ।

भिडियो हेर्न यहा क्लिक गरौ


https://mail.google.com/mail/u/0/#inbox/15a8499f917a37b6?projector=1

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मन त परदेशी वन्दै

१७ फाल्गुन २०७३, मंगलवार १२:३४
विनोद अधिकारी/सदरलाइन  १७ फागुन, नेपालगन्ज : वैदेशिक रोजगारीका शिलशिलमा विदेशीने युवाहरुको कथा व्यथालाई समेटेर नयांँ नेपाली चलचित्रको सुटिगं सुरु भएको छ । ‘मन त परदेशी’ नामको सो चलत्रिमा विदेशिएका युवाहरुले विदेशमा भोग्नु परेका समस्याहरुलाई चलचित्रले कथावस्तुको रुपमा प्रस्तुत गर्न खोजेको चलचित्रका निर्देशक देव नेपालले जनाकारी दिए । झट्ट नाम सुन्दा […]