भारतले भारु २ हजारको नोट बन्द गर्दै

सदरलाइन संवाददाता ६ जेष्ठ २०८०, शनिबार १३:३३
 

नेपालगञ्ज : भारतीय रिजर्भ बैंकले २ हजार भारु नोट बन्द गर्ने भएको छ । भारतमा सन २०१६ मा एक हजार र पाँच सयको नोटमा प्रतिबन्ध लगाउँदै २ हजारको नोट चलाउन शुरु गरेको थियो ।

सो नोट चलाउन शुरु गरेको ७ वर्षमा नै फेरि २ हजारको नोटमा प्रतिबन्ध लगाएको हो । भारतीय रिजर्भ बैंकले सो बारेमा जानकारी दिँदै अब दुई हजारका नोट बजारमा आउने छैनन् ।

बैंकका अनुसार आगामी सेप्टेम्बेर ३० सम्म भने दुई हजारको नोटले मान्यता पाउने भए पनि सो पछि भने सो नोटको मान्यता हुने छैन ।

रिर्जभ बैंकले आम सर्वसाधारणलाई सेप्टेम्बर ३० सम्ममा आफूसँग भएको २ हजारको नोट बैंकमा जम्मा गर्न तथा सटही गर्न आग्रह गरेको छ ।


रिजर्भ बैंकले दुई हजारको नोट साट्नका लागि २३ मेदेखि ३० सेप्टेम्बरसम्मको समय दिएको हो । एक पटकमा बढीमा १० नोट अर्थात् २० हजार रुपैयाँमात्र साट्न पाइने छ । तर नोट जम्मा गर्न भने कुनै सीमा तोकिएको छैन ।

रिजर्भ बैंकले सन् २०१८–१९ देखि दुई हजारका नयाँ नोट छाप्न बन्द गरिसकेको थियो ।

मोदी सरकारले सेप्टेम्बर ३० पछि पनि पैसा बैंकमा जम्मा गर्नका लागि रोक भने नलगाइएको जनाएको छ । ताकि सबैले बैंकमा रकम जम्मा गरुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

स्व. सुबेदीको सम्झनामा एकल गजल बाचन

६ जेष्ठ २०८०, शनिबार १३:३३
कोहलपुर (बाँके) : बाँकेको कोहलपुरमा रहेको बाल ज्योती माध्यामिक बिद्यालयमा बिद्यालयका संस्थापक स्व. टिकाराम सुबेदीको सम्झनामा एकल गजल बाचन कार्यक्रमको सम्पन्न भएको छ । स्व. टिकाराम सुबेदीको १३ औं स्मृती दिवसका अबसरमा शनिबार बिद्यालयको प्रांगणमा गजलकार देवकी निरौलाको एकल गजल बाचन कार्यक्रम सम्पन्न भएको हो । तत्कालिन प्याब्सन केन्द्रिय उपाध्यक्ष […]

सम्बन्धित