मदन भण्डारीको ६७ औं स्मृती दिवस मनाईयो

१४ असार २०७५, बिहीबार २०:३१
 

सदरलाइनडटकम,
नेपालगन्ज : ६७ औं मदन भण्डारी जयन्तीको सन्दर्भमा मदन भण्डारी फाउण्डेशन बाँकेले बिहीबार नेपालगन्जमा ‘समृद्ध नेपाल सुखी नेपाली’ विषयक विचार गोष्ठी गरेको छ ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले गफले मात्रै समाजवाद नआउने बताउँदै समाजवादतर्फ जानका लागि शिक्षा र स्वास्थ्यको ग्यारेण्टी राज्यले गर्नुपर्ने, घरबासविहिनलाई घरबासको व्यवस्था गर्नुपर्ने र जेष्ठ नागरिकको ब्यवस्थापनमा राज्यले स्पष्ट नीति बनाउनुपर्ने बताए ।
उनले सरकारले यातायात क्षेत्रमा संलग्न भएर जनतालाई सेवा सुविधा दिने गरी अघि बढ्नपर्ने कुरा अघि सार्दै कृषियोग्य जमिनको वर्गिकरण तत्काल गर्नुपर्ने बताए । जमिनको वर्गिकरण गरी कृषि योग्य, उद्योग कलकारखाना स्थापना योग्य र बहाल योग्य छुट्टाउनु पर्ने बताउँदै नेता पाण्डेले कृषि योग्य जमिनको कर मिनाह र क्षतिपुर्तीको व्यवस्था गर्नुपर्नेमा जोड दिदै आर्थिक विकास र समृद्धिका लागि काम गर्ने मानिसको सम्मान सबैले गर्नुपर्ने बताए ।
मदन भण्डारी फाउण्डेशन बाँकेका अध्यक्ष सुर्य ढकालको अध्यक्षतामा कार्यक्रम भएको कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य ठाकुर गैरे, दिनेश यादव, मो. हारुन, जगप्रसाद शर्मा, अखिलका महासचिव ऐन महर, पुर्ब सांसद देवराज भार, दलबहादुर सुनार, प्रदेश सांसद आईपी खरेल, नेकपाका नेता अशोक कोइराला, मदन भण्डारी फाउण्डेशनका केन्द्रीय सदस्य दामोदर अर्याल लगायत सहभागी रहेका थिए ।

Next Post

उत्कृष्ट विद्यार्थीलाई होलील्याण्डले छात्रबृति दियो

१४ असार २०७५, बिहीबार २०:३१
सदरलाइनडटकम नेपालगन्ज :  होलील्याण्ड इग्लिस सेकेण्डरी स्कुल नेपालगन्जले हालै सम्पन्न एसईई परिक्षामा उत्कृष्ट हुने बिद्यार्थीहरुलाई सम्मानका साथै छात्रबृति प्रदान गरेको छ । शुक्रबार बिद्यालयमा आयोजित एक कार्यक्रमकाबीच बिद्यार्थीहरुलाई सम्मानका साथै छात्रबृति प्रदान गरिएको हो । उत्कृष्ट हुने छात्रा ज्योती थापामगर, छात्र कुमार बुढालाई बिद्यालय र बिभिन्न पक्षबाट छात्रबृति प्रदान गरियो […]