खाडीका नेपालीलाई दूतावासको सम्पर्कमा रहन आग्रह

२१ पुष २०७६, सोमबार १२:०१
 

सदरलाइनडटकम,
काठमाण्डौ : अमेरिका र ईरानबीच तनाव बढेसँगै खाडी क्षेत्रमा रहेका नेपालीबारे चिन्ता शुरु भएको छ । दुई देशको तनाव बढ्दा ईरान र इराकसँगै मध्य पूर्वका अरु देशमा पनि असर पर्ने भएकाले ती देशमा रहेका नेपालीबारे चिन्ता शुरु भएको हो । यस विषयमा परराष्ट्र र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबीच छलफल भएको छ ।
सम्बन्धित दूतावासलाई त्यहाँको परिस्थितिबारे बुझ्न र समस्या बढेमा अपनाउनुपर्ने उपायबारे सजक रहन भनिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । यस्तै खाडीमा कार्यरत नेपालीलाई दूतावासको सम्पर्कमा रहन पनि सरकारले अनुरोध गरेको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालका अनुसार सम्बन्धित देशमा रहेका नेपाली दूतावास र ती देश हेर्ने अरु दूतावासलाई त्यहाँ कार्यरत नेपालीसँग सम्पर्क गर्न भनिएको छ ।
सरकारले इराकमा काम गर्न रोक लगाए पनि त्यहाँ अवैधानिक बाटोबाट पुगेका १५ हजारभन्दा बढी नेपाली कार्यरत रहेको अनुमान छ । इरानमा कति नेपाली छन् भन्ने यकिन तथ्याङ्क छैन । मध्य–पूर्वका अरु देशमध्ये साउदीमा झण्डै चार लाख र कतारमा साढे तीन लाखभन्दा बढी नेपाली छन् ।
यूएईमा दुई लाख ५० हजार, कुवेतमा ७० हजार, ओमानमा २० हजार, बहराइनमा २५ हजार, लेबनानमा १२ हजार, जोडर्नमा १२ हजार र इजरायलमा तीन हजार नेपाली रहेको तथ्याङ्क छ । अमेरिका र इरानबीच द्वन्द्व बढिरहँदा यसबाट इराक र इरानसँगै मध्य–पूर्वका देशहरुमा असर पर्छ । ती देशमा लाखौँ नेपाली रोजगारीको सिलसिलामा पुगेका छन् । द्वन्द्व चर्किंदा त्यहाँ रहेका नेपालीलाई प्रत्यक्ष असुरक्षा बढ्ने त छँदैछ ।
यसले देशको अर्थतन्त्रलाई समेत प्रभावित पार्न सक्ने देखिएको छ । साउदी, कतार, मलेसिया, यूएई, बहराइन, कुबेत, इजरायल र लेबलान लगायतका देशबाट नेपालमा बर्षेनी तीन खर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स भित्रिँदै आएको छ ।

Next Post

नयाँदिल्लीस्थित जेएनयुमा नकाबधारीको हमला

२१ पुष २०७६, सोमबार १२:०१
सदरलाइनडटकम, काठमाण्डौ : भारतको नयाँदिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयु) मा नकाबधारीहरुले हमला गरेका छन् । छात्राबासको कोठा–कोठामा पुगेर विद्यार्थीमाथि आक्रमण गरिएको र जेएनयु छात्र संघका अध्यक्षमाथि हमला भएको अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमहरुमा उल्लेख छ । प्रत्यक्षदर्शीहरुका अनुसार जेएनयुभित्र भाला र लाठी बोकेका ५० भन्दा बढी नकाबधारीहरु छिरेका थिए । उनीहरुले अन्धाधुन्ध आक्रमण […]

सम्बन्धित