सिकेको सीपलाई प्रयोगमा ल्याउन आचार्यको आग्रह

सदरलाइन संवाददाता ३ जेष्ठ २०८०, बुधबार १२:२२
 

कोहलपुर (बाँके) : कोहलपुर नगरपालिकाका नगर प्रमुख पुर्णप्रसाद आचार्यले सिकेको सीपलाई व्यबहारिकरुपमा प्रयोगमा ल्याउन आग्रह गरेका छन् ।

कोहलपुर नगरपालिका र नेपाल युथ फाउन्डेसन नेपालको संयुक्त साझेदारीमा संचालित तीन महिने प्लम्विङ तालिमको अनुगमन गर्दै नगर प्रमुख आचार्यले सिकेको सीपको सदुपयोग गर्न सुझाव दिए । युवाहरूलाई सीपमूलक तालिम दिएर रोजगारतर्फ समाहित गर्ने गरी नगरपालिकाले कार्यक्रमहरु सञ्चालन गरिरहेको पनि उनको भनाइ छ ।


यस्तै नगरपालिकाका आर्थिक विकास समिति संयोजक अनिता बुढा क्षेत्रीले बेरोजगार युवाहरूलाई रोजगार प्रदान गर्ने उद्देश्यले तालिम आयोजना गरिएको बताइन् । नगरपालिकाको २ लाख ५० हजार र नेपाल यूथ फाउन्डेसनको ५ लाखको लागतमा तालिम आयोजना गरिएको नगरपालिकाका आर्थिक विकास शाखा प्रमुख वीरबहादुर बिकले बताए । तालिममा १६ जना सहभागी भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अस्पताल निर्माणमा ढिलाइले सेवा प्रभावित

३ जेष्ठ २०८०, बुधबार १२:२२
नेपालगञ्ज : तीन पटक म्याद थपिसक्दासमेत भेरी अस्पताल नेपालगञ्जको नयाँ अत्याधुनिक भवन निर्माण पूरा हुन सकेको छैन । २५० शय्याको सो अस्पताल भवनको निर्माणमा ढिलाइ हुँदा त्यसको प्रत्यक्ष प्रभाव त्यहाँ आउने सयौँ बिरामीलाई परेको अस्पतालले जनाएको छ । २०७८ असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने गरी आर्थिक वर्ष २०७४/७५ मा प्रेरा […]