नेपालगञ्जमा कल्पबृक्षको बिरुवा रोपिँदै

सदरलाइन संवाददाता १९ जेष्ठ २०७८, बुधबार १७:०२
 

नेपालगञ्ज : हरित अभियान्ता हेमन्तराज काफ्लेले लोपउन्मुख विरुवाको पनि संरक्षण गर्न थालेका छन् । उनले यस्ता विरुवाहरुको खोजी गर्न थालेका छन् ।

अभियानअन्तर्गत नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १८ स्थित भगवती टोलमा रहेको भगवती मन्दिरमा उनले लोपउन्मुख कल्पबृक्षको बिरुवा लगाएका छन् । काफ्लेले विरुवा लगाउँदै गर्दा स्थानियहरुले पुजाँआजा गरेर खुसी व्यक्त गरेका थिए ।

पश्चिम् अफ्रिकामा पाईने कल्पबृक्षको दाना नर्बेबाट साधना राणाले हरित कोष नामक संस्थाबाट हेमन्तलाई पठाएकी थिईन । कल्पबृक्षको विरुवा लगाएपछि अझै उत्साह थपिएको बताए । उनले यस्ता लोपउन्मुख विरुवाहरुलाई देशभर लगाउने समेत सोच बनाएका छन् । कल्पबृक्षको बिरुवा सम्भवत नेपाल कै पहिलो भएको काफ्लेले दाबी गरेका छन् ।

स्थानिय समाजसेवी तथा जयपृथ्वी सहकारीका अध्यक्ष लोकेन्द्र चन्दले गाउँघर मै विरुवा लगाएर पुण्यको काम गरेकाले हरित अभियन्ता काफ्लेले धन्यवाद दिए । साथै उनले यो रोपिएको कल्पबृक्षको विरुवाको संरक्षणमा समय दिने चन्दले बताएका छन् ।


कल्पबृक्ष धार्मिक बिरुवा भएकाले हिन्दु धर्म अनुसार रातो सेतो धजा, धुप र दियो बाली स्थानीयले पुजा गरेका हुन । अर्का स्थानिय रोजिसा शाही सिङले पुजा अर्चना गरेपछि नियमित रुपमा विरुवाको हेरचाह गर्ने समेत बताईन् ।

यो विरुवा निश्चित ठाउँ मन्दिर, चर्च, मस्जिद, गुरुद्वारा, विद्यालय, पार्कहरुमा लगाउने गरिन्छ भने वातावरण सन्तुलनमा निकै टेवा पुग्ने गर्छ । यो विरुवा १५ बर्षमा फल्ने र अफ्रिकामा यसको फल खाने गरेको पाईन्छ । साथै यो विरुवा हजारौं बर्ष बाच्ने भएकाले निकै उपयोगी र धार्मिक रुखको रुपमा पनि लिने गरिन्छ ।

एक अध्ययन अनुसार कल्पबृक्षको विरुवा पृथ्वीबाटै लोप हुन लागेको रुखको प्रजातीमा परेको छ । यो हजारौं बर्ष बाच्छ र वातावरणका साथै धर्ती माताको लागि पनि निकै उपयोगी मानिन्छ । यसको दाना काफ्लेलाई उपहार प्राप्त भएपछि बीउ जगाउन सुबन नर्सरीका रेन्जर बुद्धिबल श्रेष्ठले सहयोग गरेका थिए ।

काफ्लेले उपहार पाएका २५० वटा दाना मध्येमा ११ वटा मात्र बिरुवा तयार भएको छ । कल्पबृक्षकोे रुख भारतमा ९ वटा मात्र भएको र नेपालमा एउटा पनि नभएको एक अध्ययनले देखाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा बुधवार ३९ जनामा कोरोना पुष्टि, १०९ डिस्चार्ज

१९ जेष्ठ २०७८, बुधबार १७:०२
नेपालगञ्ज : बाँकेस्थित दुईवटा प्रयोगशालामा गरिएको परीक्षणमा बुधबार थप ३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लामा केहि दिनदेखि निरन्तर संक्रमण दर घटिरहेको छ । कुल १३३ नमुना परीक्षण गर्दा ३९ जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड व्यवस्थापन समितिले जनाएको छ । भेरी अस्पतालको पीसीआर प्रयोगशालाले बुधवार रिर्पोट […]

सम्बन्धित