आठौं नेपालगञ्ज म्याराथनमा आर्मीका खेलाडीहरूको वर्चश्व

सदरलाइन संवाददाता २४ मंसिर २०७९, शनिबार १३:४२
 

नेपालगञ्ज : आठौं नेपालगञ्ज म्याराथनमा आर्मीका खेलाडीहरूले वर्चश्व कायम गरेका छन् । म्याराथनको उपाधि आर्मीका खडकबहादुर खड्काले जितेका छन् । उनले २ घण्टा २० मिनेट २८ सेकेण्डमा दूरी पार गर्दै उपाधि जितेका हुन् ।

आर्मीकै नरेन्द्र सिंह रावत दोस्रो र मोहनदेव जोशी तेस्रो भए । रावतले २ घण्टा २२ मिनेट २९ सेकेण्ड र जोशीले २ घण्टा २४ मिनेट ३६ सेकेण्डमा दूरी पार गरेका हुन् ।

हाफ म्याराथनतर्फ बागमती प्रदेशकी सन्तोषी श्रेष्ठ प्रथम भइन् । उनले एक घण्टा १६ मिनेट ३६ सेकेण्डमा दूरी पार गरिन् । भारतको देहरादुनकी अन्जली चौहान दोस्रो भइन् भने बागमतीकै अन्जु खड्का तेस्रो भइन् । चौहानले एक घण्टा २५ मिनेट १५ सेकेण्डमा दूरी पार गर्दा खड्काले एक घण्टा ३६ मिनेट ४५ सेकेण्ड लगाए ।

१० किलोमिटर पुरुषमा त्रिभुवन आर्मी क्लबकै मुकेश पाल र महिलातर्फ नेपाल प्रहरीकी राजपूरा पछाइले उपाधि जिते । यसपटक आयोजकले प्रतियोगिताको पुरस्कार राशि बढाएको थियो ।

जसअनुसार म्याराथनको विजेताले एक लाख ५० हजार, उपविजेताले ६० हजार, तेस्रो हुनेले ३० हजार र चौथो हुनेले १५ हजार रुपैयाँ पुरस्कार पाए भने पाँचौंदेखि आठौंस्थानमा आउनेले क्रमसः १०, ८, ७ र ६ हजार रुपैयाँ पुरस्कार पाएका छन् ।

महिला हाफ म्याराथनतर्फ विजेताले ६० हजार, उपविजेताले ३० हजार, तेस्रो हुनेले १५ हजार र चौथो हुनेले १० हजार रुपैयाँ पुरस्कार पाएका छन् ।

पाँचौंदेखि आठौं स्थानसम्म आउनेले क्रमसः ८ हजार, ७ हजार, ६ हजार र ५ हजार रुपैयाँ पुरस्कार पाए । पुरुष १० किमी खुलातर्फ विजेताले ३० हजार, उपविजेताले १५ हजार र तेस्रो हुनेले १० हजार रुपैयाँ प्राप्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मानिसलाई टोक्दै हिँड्ने कुकुर कोहलपुर नगर प्रहरीको नियन्त्रणमा

२४ मंसिर २०७९, शनिबार १३:४२
कोहलपुर (बाँके) : कोहलपुर नगरपालिका–१० रामजानकी स्कुल आसपासमा मानिसहरुलाई टोक्दै हिँड्ने कुकुरलाई नगर प्रहरीले नियन्त्रणमा लिएको छ । कोहलपुर नगरपालिका पशु सेवा केन्द्र, इस्ट्रिक एनिमल नेपाल, नेपालगञ्ज एनिमल रेस्क्यु टिमलगायतको सहयोग र सहकार्यमा नगर प्रहरीले उक्त कुकुरलाई नियन्त्रणमा लिएको कोहलपुर नगरपालिकाका नगर प्रहरी प्रमुख वीरबहादुर थापाले जानकारी दिए । स्कुले […]