रानीतलाउको सेवा सुविधा विस्तार गरिँदै

सदरलाइन संवाददाता १ चैत्र २०८०, बिहीबार १३:४६
 

नेपालगञ्ज : आन्तरिक पर्यटकको बसिबियाँलो र रमाइलो गर्ने थलो नेपालगञ्जस्थित रानीतलाउ उद्यानको थप पूर्वाधार निर्माण र सेवा सुविधा विस्तारको कार्य प्रारम्भ भएको छ । लुम्बिनी प्रदेश सरकार पर्यटन डिभिजन कार्यालय बाँकेले रकम विनियोजन गरी निमार्णको काम शुरु गरेको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाको सहकार्यमा उक्त उद्यानको भौतिक पूर्वाधार निर्माण र सेवा तथा सुविधा विस्तारका लागि रु ४० लाख बजेट विनियोजन गरिएको नगरप्रमुख प्रशान्त विष्टले जानकारी दिए । करिब साढे दुई दशक बन्दको अवस्थाबाट पुनः जीवन पाएको ऐतिहासिक रानीतलाउलाई लुम्बिनी प्रदेश सरकार र उपमहानगरपालिकाले आफ्नो प्राथमिकतामा राखेका छन् ।

तत्कालीन नगर प्रमुख डा धवलशम्शेर राणाले पाँच वर्षअघि जीर्णोद्धार गरी सञ्चालनमा ल्याउनुभएको ऐतिहासिक पृष्ठभूमिको रानीतलाउ उद्यानप्रति अहिलेका प्रमुख विष्टले पनि उत्तिकै महत्व दिए । नेपालगञ्ज भूगोलको मध्य भागमा अवस्थित यो उद्यानमा मूलतः त्यहाँ रहेको नौकाविहारले सबैलाई आकर्षित गरेको छ ।


उद्यानमा रमणीय बगैँचा, बालबालिकाका लागि पिङ, चिप्लेटी, चमेनागृह लगायतको व्यवस्था गरिएको छ । वडा नं ८ स्थित गोलाकार आकारको रानीतलाउ पर्यटन विकासमा कोसेढुङ्गा साबित हुँदै गएको छ । पछिल्लो समय रानीतलाउ उद्यानमा भारतीय पर्यटक आउन थालेका छन् ।

रानीतलाउलाई अहिले ठेक्कामा सञ्चालन गरिएको नगर प्रमुख विष्टले बताए । “उपमहानगरपालिकामा जनप्रतिनिधि भएर आएपछि मैले ऐतिहासिक रानीतलाउलाई पर्यटकीय क्षेत्रका रुपमा विस्तार गर्दै लैजान कुनै कसर बाँकी राखेको छैन”, विष्टले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ठकुरी फिक्ट्सको नेपाल दूतमा नियुक्त

१ चैत्र २०८०, बिहीबार १३:४६
नेपालगञ्ज : नेपालगञ्ज म्याराथनका संस्थापक टीएस ठकुरी नेपालका लागि फिक्ट्सको दूतमा नियुक्त भएका छन् । विश्वभर खेलकुद र ओलम्पिक मूल्यहरूको सारलाई थप प्रचार गर्नको लागि, इटालीको मिलानमा रहेको फेडरेशन इन्टरनेसनल सिनेमा टेलिभिजन स्पोर्टिफ्स (फिक्ट्स) ले विभिन्न देशहरूमा आफ्ना गतिविधिहरूको दायरा फराकिलो बनाउने लक्ष्य राखेको छ । अन्तर्राष्ट्रिय ओलम्पिक समितिद्वारा भिजुअल […]