कैलालीको बेहडाबाबामा मोटरबोट सञ्चालन

सदरलाइन संवाददाता २ जेष्ठ २०८०, मंगलवार १३:०१
 

धनगढी : कैलालीको धनगढी उपमहानगरपालिका बेहडाबाबास्थित महादेवा तालमा मोटरबोट सञ्चालनमा ल्याइएको छ । नेपाल बोट एण्ड अम्युज्मेन्ट प्रालिले हाललाई उक्त तालमा एकवटा बोट सञ्चालनमा ल्याएको हो ।

पर्यटन विकासका लागि सो तालमा कम्पनीले ६ बोट सञ्चालनमा ल्याउने तयारी गरेको छ । प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवाले तालमा मोटरबोटको उदघाटन गरे । उनले मोटरबोट सञ्चालन गर्दै प्रदेश सरकार पर्यटन विकासका लागि प्रतिबद्ध रहेको बताए ।

मन्त्री देउवाले पर्यटनको विकासबाट आर्थिक विकास सम्भव भएकाले आन्तरिक र तथा विदेशी पर्यटक भित्र्याउन पर्यटकिय क्षेत्रको विकास तथा संरक्षण आवश्यक रहेको बताए ।

मोटरबोट सञ्चालनमा आएपछि पर्यटकको संख्या बढ्ने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पदमराज जोशीले बताए । बेहडाबाबा मन्दिर व्यवस्थापन समितिसँग नेपाल बोट एण्ड अम्युज्मेन्टले बोट सञ्चालनका लागि तीन वर्षे सम्झौता गरेको अध्यक्ष जोशीले बताए ।


तालको मध्य भागमा रहेको महादेवा अर्थात् गङ्गा मन्दिरमा पूजा गर्न जान प्रतिव्यक्ति ५० रुपैयाँ शुल्क लाग्नेछ भने मोटर बोटमा पूरै तालमा सयर गर्न प्रतिव्यक्ति तीन सय शुल्क लाग्नेछ ।

यस्तै, सानो बोट एक घण्टा चलाउँदा पाँच जनाको समूहले पाँच सय शुल्क तिर्नुपर्ने छ ।

१९ हेक्टर क्षेत्रफलमा फैलिएको महादेवा तालको वरिपरि पदमार्ग निर्माणको काम भइरहेको छ । तालको वरिपरि ७ किलोमिटर पदमार्ग तयार गर्ने योजना मन्दिर व्यवस्थापन समितिको छ । यो वर्ष एक किलोमिटरमा पदमार्ग तयार गर्ने काम भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भेरी प्राविधिक शिक्षालयमा तालाबन्दी

२ जेष्ठ २०८०, मंगलवार १३:०१
नेपालगञ्ज : सिटीइभीटी अन्तर्गत आंगिक शिक्षालयका रुपमा रहेको भेरी प्राविधिक शिक्षालय (बिटिएस)का करार कर्मचारीहरु आन्दोलित भएका छन् । उनीहरुले आफ्ना विभिन्न मागहरु अघि सार्दै सोमबारबाट आन्दोलन सुरु गरेका हुन् । त्यसक्रममा पहिलो दिन शिक्षालय प्रमुख, प्रशासन एवं लेखामा तालाबन्दी गरेर दबाब सिर्जना गरेको सेवा, करार कर्मचारी संघर्ष समिति बिटीएस इकाइका […]