बाँकेमा बुधवार आठ जना घर गए

सदरलाइन संवाददाता २४ मंसिर २०७७, बुधबार १२:३१
 

नेपालगञ्ज : बाँकेमा बुधवार ८ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । बिभिन्न आइसोलेशनमा बसेका ५ पुरुष र ३ महिला कोरोनामुक्त भई डिस्चार्ज भएका हुन् ।

योसंगै बाँकेमा कोरोना संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या ३ हजार ८ सय ७४ पुगेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । आइसोलेशनमा अब बाँकेका १ सय ६३ जना रहेका छन् ।


हालसम्म बाँकेमा ४ हजार ७६ जनामा संक्रमण देखिएको छ भने कोरोनाका कारण बाँकेमा ३९ जनाको मृत्युु भइसकेको छ ।

Next Post

बुधवार भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस

२४ मंसिर २०७७, बुधबार १२:३१
नेपालगञ्ज : ‘सदाचारका साथ पुनरुत्थान’ भन्ने नाराका साथ बुधवार भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा हरेक डिसेम्बर ९ तारिखका दिन विश्वभर भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइने गरिन्छ । राष्ट्रसङ्घको महासभाले भ्रष्टाचारविरुद्ध संयुक्तरूपमा लड्न संयुक्त राष्ट्रसङ्घीय महासन्धि सन् २००३ मा पारित गरेको थियो । सन् २००५ देखि लागू भएको यो […]