मध्यपश्चिम क्लबका दुई क्रिकेट खेलाडी भारतीय टिममा आवद्ध 

९ आश्विन २०७३, आईतवार १३:३४
 

14463880_1122095781204330_93215485_nसदरलाइनडटकम
९ असोज, कोहलपुरः  मध्यपश्चिम क्रिकेट क्लबमा आवद्ध दुई खेलाडीहरु भारतीय टिममा पर्न सफल भएका छन । क्रिकेटका माध्यमद्धारा यस क्षेत्रमा आफुलाई स्थापित गर्न सफल क्लबका कप्तान नितेश विष्ट र मनोज केसी क्रिकेट प्रतियोगितामा सहभागी हुन भारत जान लागेका हुन ।
भारतको लखनउमा आयोजना हुन गईरहेको प्रतियोगिता अन्तर्गत विष्ट र केसीले अवध क्रिकेट एकेडेमी लखनउको तर्फबाट प्रतियोगितामा सहभागीता जनाउने भएका छन ।
स्थापना कालदेखि नै क्लबको कप्तानी सम्हाल्दै आएका विष्टले यसअघि पनि अन्तराष्ट्रिय प्रतियोगिताहरुमा आप्mनो जादु देखाउँदै आएका छन ।
एक साता लामो भारत यात्राको क्रममा हवल्दारपुरका स्थापित ब्यावसायी राजन बिएमले खेलाडीद्धयको सम्पूर्ण खर्च ब्यहोर्ने भएका छन । खेलाडीहरुको क्षमता विस्तारका लागि आफुहरुले भारतीय टोलीबाट खेल्ने प्रबन्ध मिलाएको क्लबका कार्यबाहक अध्यक्ष संगिन शर्माले जानकारी दिए ।
यस क्षेत्रका खेलाडीहरुको क्षमता बिस्तार गर्ने क्रममा बिभिन्न प्रतियोगिता समेत आयोजना गर्दै आएको क्लबले आगामी दिनमा समेत आप्mना खेलाडीहरुलाई प्रशिक्षणको लागि विशेष ब्यवस्था गर्ने योजना बनाएको उनले जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बालसंरक्षण पद्धति र घटना व्यवस्थापनसम्बन्धी तालिम

९ आश्विन २०७३, आईतवार १३:३४
सदरलाइनडटकम   १० असोज, नेपालगन्ज : जिल्ला बालकल्याण समिति, बाँकेको आयोजना, सेभ द चिल्ड्रेन नेपालगन्ज तथा बाँके युनेस्को क्लबको सहयोग एवं सहकार्यमा जिल्ला बालकल्याण समिति बाँकेका पदाधिकारी, सदस्य तथा जिल्लामा कार्यरत गैरसरकारी संघसंस्थाहरूका लागि नेपालगन्जमा आयोजना गरिएको बालसंरक्षण पद्धति र घटना व्यवस्थापनसम्बन्धी दुई दिने तालिम सोमवार सम्पन्न भएको छ । […]