भेरी प्राविधिक शिक्षालयमा तालाबन्दी

सदरलाइन संवाददाता २ जेष्ठ २०८०, मंगलवार १३:०५
 

नेपालगञ्ज : सिटीइभीटी अन्तर्गत आंगिक शिक्षालयका रुपमा रहेको भेरी प्राविधिक शिक्षालय (बिटिएस)का करार कर्मचारीहरु आन्दोलित भएका छन् । उनीहरुले आफ्ना विभिन्न मागहरु अघि सार्दै सोमबारबाट आन्दोलन सुरु गरेका हुन् ।

त्यसक्रममा पहिलो दिन शिक्षालय प्रमुख, प्रशासन एवं लेखामा तालाबन्दी गरेर दबाब सिर्जना गरेको सेवा, करार कर्मचारी संघर्ष समिति बिटीएस इकाइका संयोजक सुरेन्द्रकुमार डफगरले जानकारी दिए ।


प्रदेश सदस्य इन्जिनियर विश्वेश्वर प्रसाद जोशीको नेतृत्वमा ४५ जना कर्मचारीले काम रोकेर आन्दोलनमा उत्रिएका हुन् । देशभर १ हजार ७ सय करारका कर्मचारी आन्दोलित रहेको संयोजक डफगरले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पूर्व पिएलएलाई संगठित गर्दै माओवादी केन्द्र बाँके

२ जेष्ठ २०८०, मंगलवार १३:०५
कोहलपुर (बाँके) : परिवर्तनकारी आन्दोलनमा महत्वपूर्ण योगदान भएको पूर्व जनमुक्ति सेनालाई सङ्गठित गर्ने अभियानमा माओवादी केन्द्र बाँके जुटेको छ । सो क्रममा पूर्व जनमुक्ति सेना नेपाल बाँकेको जिल्ला भेलाको तयारीको बैठक कोहलपुरमा सम्पन्न भएको छ । बैठकले पूर्व बिर्गेड साहयक कमान्डर सुन्दरको संयोजकत्वमा २५ सदस्यीय तयारी कमिटी गठन गरेको छ […]