बाँकेमा फरार प्रतिवादी पक्राउ

सदरलाइन संवाददाता २७ भाद्र २०७९, सोमबार १३:४५
 

नेपालगञ्ज : बाँके प्रहरीले एकजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । डुडुवा गाउँपालिका–४ का ५० वर्षीय बखत यादवलाई घरबाटै पक्राउ गरिएको बाँके प्रहरीले जनाएको छ ।


यादवलाई लागु औषध मुद्दामा गएको फागुन २६ गते जिल्ला अदालतले दोषी ठहर गर्दै १५ वर्ष ९ महिना कैद र ५० हजार जरिवाना गरेको थियो । त्यसपछि यादव फरार थिए । पक्राउ परेका यादवलाई थप कारवाहीका लागि जिल्ला अदालतमा पेश गरिएको बाँके प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विषालु च्याउ खाँदा दाङमा एकै घरका पाँच जना बिरामी

२७ भाद्र २०७९, सोमबार १३:४५
दाङ : दाङको तुलसीपुरमा विषालु च्याउ खाँदा एकै घरका पाँच जना बिरामी भएका छन् । गएराति घर नजिकै परालमा उम्रिएको च्याउ पकाएर खाँदा उनीहरु बिरामी भएका इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । बिरामी हुनेमा तुलसीपुर–१६ ललौराका ३४ वर्षका विनोद चौधरी, ३४ वर्षकी वसन्ता चौधरी, १६ वर्षकी कोपिला चौधरी, १२ […]