नेपालगञ्ज–डोल्पा पहिलो पटक बस सेवा सञ्चालन गरिदै

सदरलाइन संवाददाता २९ बैशाख २०८०, शुक्रबार २०:१४
 

नेपालगञ्ज : सडक सञ्जालको अभावमा हवाई मार्गबाट मात्र यात्रा गर्न बाध्य हुदै आएका कर्णाली प्रदेशका डोल्पाली जनताको सुविधाको लागि नेपालगञ्जदेखि डोल्पासम्मका लागि बस सेवा सञ्चालनमा आउने भएको छ ।

नेपालगञ्ज बसपार्कबाट बैशाख ३० गते शनिबार दिउसो ३ बजेदेखि डोल्पाका लागि दैनिक एक बस छुटाउने गरी तयारी अघि बढाउदै अन्तिम चरण पुराईएको छ ।

डोल्पाको से–फोक्सुण्डो यातायात र नमस्ते देउराली यातायात प्रालि नेपालगञ्ज बीचको सहकार्यमा सो बस सेवा सञ्चालन गर्न लागिएको देउराली यातायातका अध्यक्ष लक्ष्मण केसीले जानकारी दिए ।


उनले भने–‘ हवाई टिकट नपाएर महिनौसम्म नेपालगञ्जमा बेखर्ची भएर बस्नु पर्ने डोल्पाली जनताको बाध्यतालाई समाधान गर्ने गरी दैनि एक बस दुुुुुुुुुुुुुुुुुबै तिरबाट छुट्ने गरी बस सञ्चालन गर्दै आएका छौ ।’

उनले नेपालगञ्जदेखि डोल्पासम्म एकतर्फी प्रति व्यक्ति ३ हजार ५सय भाडा तय गरिएको बताए । कर्णालीको डोल्पा सडकसञ्जालमा जोडिएपछि हवाई कम्पनीहरुको एकल अधिपत्य भने हट्नुको साथै सडक मार्गबाट सस्तो र सुलभतरिकाले यात्रा गर्न पाउने गरी व्यवस्था मिलाइएको उनले बताए ।

डोल्पा सडक सञ्जालसंग जोडिएसंगै पहिलो पटक आरामदायी सिट सहितको नयाँ बस सञ्चालन गर्न लागिएको हो । डोल्पा जाने यात्रुको सहजताको लागि नेपालगञ्जमा बुकिङ्गका लागि ९८४८०४४८७५ मा बद्री योगीलाई र ९७४८७४४७७ मा हरी बोहरालाई सम्पर्क गरी आफ्नो टिकट लिन सकिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राप्तीसोनारीमा दुई वटा मोटरसाइकल ठोक्किँदा चार जना घाइते, दुईको अवस्था गम्भीर

२९ बैशाख २०८०, शुक्रबार २०:१४
नेपालगञ्ज : बाँकेको राप्तीसोनारीमा भयानक तरिकाले दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किँएका छन् । मोटरसाइकल ठोक्किँदा चार जना घाइते भएका छन् । घाइतेहरु मध्ये दुई जना गम्भीर रहेको प्रहरीले जनाएको छ । राप्तीसोनारी गाउँपालिका वडा नम्बर ५ हुलाकी सडक खण्ड अन्तर्गत चिलहरियामा शुक्रवार राती ८ बजे बिनौनादेखि बैजापुर तिर जाँदै गरेको […]