बैकुण्ठधाम धार्मिक महोत्सवको सम्पूर्ण तयारी सकियो

सदरलाइन संवाददाता २१ कार्तिक २०८१, बुधबार १८:३२
 

नेपालगञ्ज : बाँकेको सिधनियाँघाटमा सुविधायुक्त बैकुण्ठधामको योजनालाई सार्थक बनाउन आयोजना गर्न लागिएको बैकुण्ठधाम आध्यात्मिक महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ ।

आयोजकका तर्फबाट बुधबार सांँझ पत्रकार सम्मेलन गरी सोको जानकारी गराईएको हो । बाँके र यस आसपासका नागरिकले वर्षौदेखि प्रियजन र आफन्तजनको निधनपछि दाहसंस्कार गर्दा भोग्नुपरेको समस्या र दाहसंस्कारमा सहभागीहरुले ब्यहोर्नुपरेको दुःखलाई मध्यनजर गर्दै परिकल्पना गरिएको बैकुण्ठधाम निर्माण गर्न लागिएको संयोजक डा. सुरेशकुमार कनोडियाले जानकारी दिए ।

संयोजक डा. कनोडियाका अनुसार कार्तिक २२ गतेदेखि ३० गतेसम्म सञ्चालन हुने महोत्सवलाई व्यवस्थित बनाउन सबै वर्ग, क्षेत्र, धर्म र समुदायलाई समेटेर २००० बढी सदस्य रहेको मूल समिति र त्यस अन्तर्गत रहने गरि ११० बढी उपसमिति गठन भएको र सम्पूर्ण समितिबाट महोत्सवका लागि आवश्यक सबै तयारी पुरा भएको जानकारी सम्बन्धित समितिका संयोजकहरुबाट जानकारी प्राप्तभएको छ ।

बाँकेको डुडुवा–५ सिधनियाघाटमा प्रस्तावित बैकुण्ठधाम सिधनियाघाटको प्रचारप्रसार तथा धाम निर्माणलाई सबैको संलग्नता प्रदान गर्न वाचनशिरोमणी पं दीनबन्धु पोखरेलको प्रमुख वाचनसहित उनको संगीतमय टोलीबाट कार्तिक ३० गतेसम्म नेपालगञ्जको रामलिला मैदानमा भागवत प्रवचन हुने आयोजकले जनाएको छ ।

महोत्सव तथा भागवत वाचनका बीचमा इच्छुक भक्तजनहरुबाट ब्रतबन्ध, चौरासीपूजा, तुलादान, रुद्री पूजन जस्ता अनुष्ठान समेत गर्ने गरि व्यवस्था मिलाइएको आयोजकले जनाएको छ ।


महोत्सवको पहिलो दिन २२ गते बिहान ११ बजे महोत्सवस्थल रामलिला मैदानबाट विभिन्न जाती, भाषा, धर्म र सम्प्रदायको झाँकीसहितको कलशयात्रा प्रराम्भ हुनेछ भने कलश यात्राको समापनसंगै महोत्सवको उदघाटन गरिने छ ।

महोत्सवलाई सुरक्षित र व्यवस्थित बनाउन महोत्सवस्थललाई पूर्णरुपमा सिसि क्यामेरा जडान गरिएका छन् भने खानेपानी, शौचालय, विश्राम स्थलसहित प्रसादवितरण, व्यवस्थित बसाई र वाटरपुरुफ पण्डालको व्यवस्था गरिएको छ ।

महोत्सवमा दान गर्न चाहने इच्छुक दाताहरुलाई मर्यादा अनुसार रथारोहणदेखि बिशेष सम्मान प्रदान गरिने भएको छ । महोत्सवको तयारीकै क्रममा दाताहरुबाट दान प्राप्तहुने क्रम पनि सुरु भइसकेको छ ।

अहिलेसम्ममा ४९ लाखबढी संकलन भइसकेको छ भने धेरै दाताहरु सम्पर्कमा रहनुभएको आर्थिक समितिले जनाएको छ । दानलाई पारदर्शी बनाउन क्युआर, नगदी रसिद र बैंक खातामा सिधै जम्माहुने व्यवस्था गरिएको छ ।

गैरनाफा मुलक र वैकुण्ठधाम निर्माणको प्रमुख उद्देश्यसहित गठन भएको वैकुण्ठधाम सिधनियाघाटले प्रस्ताव गरेको धामनिर्माणमा सबैको योगदानको अपेक्षा गरिएको छ । जीवनको अन्तिम सत्यकारुपमा रहेको मृत्युलाई सहज र सम्मानपूर्ण बनाउन वैकुण्ठधामले पूर्ण सार्थकता पाउने विश्वास लिइएको वैकुण्ठधाम आध्यात्मिक महोत्सवका संयोजक डा. कानोडियाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोशी प्रदेश सरकारको प्रवक्तामा भौतिक पूर्वाधार विकास मन्त्री राई

२१ कार्तिक २०८१, बुधबार १८:३२
विराटनगर :  कोशी प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईलाई तोकिएको छ । आज बुधबार बसेको कोशी प्रदेशको मन्त्रिपरिषदको बैठकले मन्त्री राईलाई प्रवक्ताको जिम्मेवारी दिएको हो । बैठकले संघीयता कार्यान्वयन तथा प्रदेश कानून निर्माण कार्यदलको समयावधी थप गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले खोरेत रोग नियन्त्रण […]