सहकारीमा जोडिँदै महिला उद्यमी

सदरलाइन संवाददाता ८ चैत्र २०७८, मंगलवार १६:१८
 

खजुरा (बाँके) : बाँकेको खजुरा गाउँपालिकाका महिलालाई सहकारीमा आवद्ध गर्दै उद्यमी महिला बनाउने अभियान शुरु गरिएको छ । ८ वटा वडाका करीब ३ हजार परिवारलाई सहकारीमा जोड्ने कार्यक्रम अन्तर्गत १ हजार ८ सय परिवार सहकारीमा आवद्ध रहेको र १ हजार २ सय परिवारलाई अभियानका साथ जोड्न गइरहेको जनाइएको छ ।

खजुरा गाउँपालिकामा रहेका २ वटा सामाजिक उद्यमी महिला सहकारीमा उनीहरुलाई आवद्ध गरी व्यवसाय विकासमा अग्रसर गराउने कार्यक्रम रहेको छ । सो अभियान अन्तर्गत मंगलवार खजुरा वडा नं. ३ र ४ का करीब ४ सय बढी महिलालाई अभियानबारे जानकारी दिइएको छ ।

व्यवसाय विकासका लागि उत्पादन सामाग्री मल, बीउ, प्राविधिक सेवा, खोप जुकाको औषधी, वित्तीय सेवा बचत ऋण र बिमा, संस्थागत गरिने, बजाजीकरण गर्न मार्केट सेन्टरको खोजी पनि सहकारी मार्फत गर्न उक्त कार्यक्रम संचालन गर्न लागिएको हेफर इन्टरनेशनलका कार्यक्रम अधिकृत शरद पोख्रेलले जानकारी दिए ।

गत माघ महिनाबाट संचालित आर्थिक समृद्धिका लागि साझेदारी कार्यक्रममा खजुराका हरेक वडाबाट २ सय महिला र गाउँपालिका भरी करीब २ सय युवा उद्यमी आवद्ध छन् ।


भोकालाई एक छाक भोजन होइन, जिउने जुक्ती सिकाऔँ भन्ने मूल नाराका साथ खजुरा कृषि तथा पशु उद्यमशीलता विकास परियोजना सहकारी सदस्यता अभिवृद्धि अभियान कार्यक्रमलाई सम्बोधन गर्दै खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले उद्यमी र उद्यमशील बनाउने परियोजना रहेको उल्लेख गरे ।

उनले १÷२ बाख्राबाट शुरु गरेको व्यवसाय सफल पारेर देखाउन सके प्रदेशमै नमूना हुने बताए । खजुरा समृद्धका लागि १५ वर्षे योजना तयार भएको उल्लेख गर्दै अध्यक्ष कक्षपतिले खजुरालाई समृद्ध बनाउन यो अभियानले तय गर्ने दावी गरे ।

आफुहरुले खजुरालाई समृद्ध बनाउने ढोका खोलिदएको बताउँदै अध्यक्ष कक्षपतिले अब जुनसुकै सरकार आए पनि सोही बाटोमा अगाडि बढ्ने उल्लेख गरे । साझेदारी संस्था इन्रुडेकका अध्यक्ष धर्मलाल रोकायले परियोजनाले आर्थिक सामाजिक र राजनीतिक सशक्तीकरण गर्ने बताए ।

वडा नं. ४ मा वडाध्यक्ष तिलकवीर सुनार र वडा नं. ३ मा कान्तुराम गौतमको अध्यक्षतामा भएको कार्यक्रममा खजुरा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसी, विभिन्न महिला समूहका अध्यक्ष लगायतले अभियान बारे आफ्नो कुरा राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जमुनाहा–कोहलपुर सडकखण्डको अतिक्रमण हटाउने निर्णय

८ चैत्र २०७८, मंगलवार १६:१८
नेपालगञ्ज : नेपालगञ्जको जमुनाहादेखि कोहलपुरसम्मको सडक क्षेत्रमा बनेका संरचना हटाउनेबारे मंगलवार जिल्ला प्रशासन कार्यालयमा सर्वपक्षिय छलफल गरिएको छ । सडक अतिक्रमण हटाउन साझा धारणा निर्माणका लागि भएको सर्वपक्षिय बैठकबाट अतिक्रमण हटाउने निर्णय भएको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए । सडक अतिक्रमण हटाउन सबै राजनीतिक दल, सडक डिभिजन […]

सम्बन्धित