राप्तीसोनारीमा दुई वटा मोटरसाइकल ठोक्किँदा चार जना घाइते, दुईको अवस्था गम्भीर

सदरलाइन संवाददाता ३० बैशाख २०८०, शनिबार १३:०८
 

नेपालगञ्ज : बाँकेको राप्तीसोनारीमा भयानक तरिकाले दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किँएका छन् । मोटरसाइकल ठोक्किँदा चार जना घाइते भएका छन् । घाइतेहरु मध्ये दुई जना गम्भीर रहेको प्रहरीले जनाएको छ ।

राप्तीसोनारी गाउँपालिका वडा नम्बर ५ हुलाकी सडक खण्ड अन्तर्गत चिलहरियामा शुक्रवार राती ८ बजे बिनौनादेखि बैजापुर तिर जाँदै गरेको भे ५ प ७००६ नम्बरको स्पेलेन्डर र चिलहरियादेखि दक्षिणतर्फ जादै गरेको भे ९ प ६८८७ नम्बरको पल्सर मोटरसाइकल एक आपसमा ठोक्किँदा चार जना घाइते भएको बाँके प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार घाइते हुनेहरुमा भे ५ प ७००६ नम्बरको स्पेलेन्डर मोटरसाइकल चालक राप्तीसोनारी ४ का स्थानीय ३७ वर्षीय शिव रावत, भे ९ प ६८८७ नम्बरको पल्सर मोटरसाइकल सवार तीन जना सोही गाउँपालिकाको वडा नं. ५ का १७ वर्षीय संगीत वैश्य, १७ वर्षीय मनिष कार्की र १८ वर्षीय धिरज डाँगी रहेका छन् ।


घाइतेहरु मध्ये पल्सर मोटरसाइकल सवार संगीत वैश्य र स्पेलेन्डर मोटरसाइकल चालक रावत गम्भीर घाइते भएका छन् । उनीहरुको सबैको नेपालगन्ज मेडिकल कलेज नेपालगन्जमा उपचार भइरहेको बाँके प्रहरीले जानकारी दिएको छ। गम्भीर घाइते रावत सशस्त्र प्रहरी बल नं.३० गणमा कार्यरत रहेका छन् ।

ईलाका प्रहरी कार्यालय बैजापुरले दुईवटै मोटरसाइकललाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी बाँकेले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नक्कली नोट छाप्ने गिरोह रुपईडिहाबाट पक्राउ

३० बैशाख २०८०, शनिबार १३:०८
नेपालगञ्ज : नेपालगञ्जस्थित नेपाल–भारत सीमापारि भारतीय क्षेत्रमा बसेर नेपाली र भारतीय नक्कली रुपैयाँ छापेर नेपालतर्फ पठाउने काममा संलग्न पाँच जनालाई भारतीय प्रहरीले पक्राउ गरेको छ । भारतको बहराइच जिल्लाको रुपैडिहामा बसेर नेपाली र भारतीय नक्कली रुपैयाँ छापेर नेपाल पठाउने गिरोहलाई नक्कली नेपाली र भारतीय नोट र छाप्ने मेसिनसहित बहराइच एटिएस […]

सम्बन्धित