सदरलाइनडटकम,
नेपालगञ्ज : यतिबेला नेपालमा नोबल कोरोना भाईरसको संक्रमितको संख्या ९ हजार २६ पुग्दा प्रदेश ५ मा कोरोना संक्रमितको संख्या २ हजार ४ सय ३९ पुगेको छ ।
स्वास्थ्य निर्देशनालयका अनुसार सबैभन्दा धेरै कपिलबस्तु जिल्लाका छन् । प्रदेश ५ का १२ जिल्लामध्ये कपिलवस्तु जिल्लामा सबैभन्दा धेरै ७०३, बाँकेमा ३४२, दाङमा २६०, रूपन्देहीमा २५०, अर्घाखाँचीमा २३९, गुल्मीमा १८०, बर्दियामा १५४, प्युठानमा १०१, पाल्पामा ७९, नवलपरासी पश्चिममा ७३, रोल्पामा ४४ र रूकुम पूर्वमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रदेश ५ मा कोरोना भाइरस संक्रमणका कारण १० जनाको मृत्युु भएको र ९ सय ३३ जना उपचारपछि निको भएर घर फर्किएको प्रदेश जनस्वास्थ्य निर्देशनालयले जनाएको छ ।
प्रदेशका चारवटा कोरोना विशेष अस्पताल र आइसोलेसन सेन्टरमा समेत गरी १२ सय १८ जना उपचाररत छन् । तीमध्ये ७ जना आईसीयूमा छन् ।
आइतबारसम्म प्रदेश ५ मा ८ हजार बढी स्वाबको पीसीआर परीक्षण रिपोर्ट आउन बाँकी छ भने १२ जिल्लाका क्वारेन्टिनमा २२ हजार ५ सय २१ जना रहेका छन् ।