बाँकेमा रक्तसंचार सेवा दिवस मनाइयो

सदरलाइन संवाददाता १२ श्रावण २०७८, मंगलवार १५:४६
 

नेपालगञ्ज : सुलभ, गुणस्तरीय र मर्यादित सेवा ः नेपालको रक्तसंचार सेवा, भन्ने मुल नाराका साथ रक्तसंचार सेवा दिवस मंगलवार नेपालगंजमा मनाइएको छ ।

नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसंचार सेवा केन्द्र बाँकेद्वारा आयोजित कार्यक्रममा रक्तसंचार सम्बन्धी उपकरण हस्तान्तरण खुला रक्तदान र कोण सभाको आयोजना गरि दिवस मनाइएको हो ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १३ ले मानवीय सेवा अन्र्तगत प्रादेशिक रक्तसंचार सेवा केन्द्रलाई वाटरवाथ, वि.पी.सेट, सेन्ट्रीफियुज र क्लोरीमिटर गरी ५० हजार बराबरको उपकरण का.बा. वडा अध्यक्ष सत्यनारायण यादवले नेरेसो बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनालाई हस्तान्तरण गरे ।


प्रादेशिक रक्तसंचार सेवा केन्द्र नेपालगञ्जबाट आ.बा. २०७७÷०७८ मा १० हजार ८ सय १६ सकंलन र १३ हजार ८३ पिन्ट रगत वितरण भएको कुरा रक्तसंचार सेवा केन्द्रका इन्र्चाज उपेन्द्र रेग्मीले जानकारी दिए । यसैगरी १८ सय ८ पिन्ट रक्ततत्व निर्माण (कम्पोनेट) र कोभिडबाट संक्रमित १ सय २९ जना विरामीलाई प्लाजामा उपलब्ध गराइएको थियो ।

नेपाल रेडक्रस सोसाइटी स्वास्थ्य सेवा समिति बाँकेका संयोजक राजकुमार वर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपसभापति शान्ति श्रेष्ठ, कोषाध्यक्ष राकेशबहादुर श्रीवास्तव, का.बा.वडा अध्यक्ष सत्यनारायण यादव, नेरेसो जिल्ला शाखा र उपशाखा कार्यसमितिका पदाधिकारी, सदस्य, कर्मचारी र स्वयंसेवी रक्तदाताहरुको सहभागिता रहेको थियो भने कार्यक्रम संचालन नरेसो बाँके शाखाकी जनसम्र्पक अधिकृत सरिता सिंहले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भेरी अस्पतालका स्वास्थ्यकर्मीको उच्च प्रशंसा

१२ श्रावण २०७८, मंगलवार १५:४६
नेपालगञ्ज : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा रोशन श्रेष्ठले कोभिड महामारीमा भेरी अस्पतालका स्वास्थ्यकर्मीहरुले खेलेको भूमिकाको उच्च प्रशंसा गरेका छन् । भेरी अस्पतालको १३१ औं स्थापना दिवसका अवसरमा मंगलवार अस्पतालमा आयोजना गरिएको कार्यक्रममा बोल्दै उनले कोभिड महामारीमा आफ्नो ज्यानको प्रवाह नगरि अहोरात्र खटिने चिकित्सक, स्वास्थ्यकर्मी तथा नर्सिङस्टाफप्रति उनले उच्च […]