कैलालीमा हात्तीको आक्रमणबाट महिलाको मृत्यु

सदरलाइन संवाददाता ५ असार २०७९, आईतवार १३:३८
 

कैलाली : कैलालीमा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । टीकापुर नगरपालिका–१ की ५० वर्षीया टङ्क सोडारीको हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।

शनिबार साँझ कर्णाली नदी किनार सनकट्टीघाटमा जङ्गलबाट निस्केका दुईवटा हात्तीले सोही नदीमा भइरहेको तटबन्धमा मजदुरी गरेर घर फर्किरहेकी सोडारीलाई आक्रमण गरेको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।

प्रत्यक्षदर्शीका अनुसार, नदी किनारमा तटबन्धका लागि ढुङ्गा सङ्कलन गरिरहेका तीन जना महिलामध्ये दुई महिला भागेका र सोडारीलाई भने हात्तीले लछारपछार गरी खुट्टा भाँचेर मारेको प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले बताए ।

Leave a Reply

Your email address will not be published.

Next Post

बसको ठक्करबाट बर्दियामा एकजनाको मृत्यु

५ असार २०७९, आईतवार १३:३८
बर्दिया : बर्दियाको बासगढी नगरपालिका ९ माछागढ चोक नजिकै शनिवार राती बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय ५१ वर्षीय दिलबहादुर केसी रहेका छन् । उनको उपचारका क्रममा मेडिकल कलेज कोहलपुरमा राति १० बजे मृत्यु भएको हो । शनिवार राती साढे ९ बजे सुदूरपश्चिम प्रदेश ०१ […]