विद्युत आपूर्ती नियमित बनाइराख्न आवश्यक तयारी शुरु

सदरलाइन संवाददाता २२ बैशाख २०८०, शुक्रबार १२:५५
 

नेपालगञ्ज : नेपाल विद्युत प्राधिकरणले नेपालगञ्जमा विद्युत आपूर्ती नियमित बनाइराख्न आवश्यक तयारी गरेको छ । गर्मीको समयमा नेपालगञ्ज र आसपासका क्षेत्रमा विद्युत आउनेजाने भइरहने र न्यून भोल्टेजका कारण पङ्खासमेत चल्न मुश्किल हुने समस्या छ ।

सो समस्या यस वर्ष आउन नदिन पूर्व तयारी गरिएको नेपाल विद्युत प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रका सूचना अधिकारी भवानी चन्दले जानकारी दिए ।

“विद्युत सेवा नियमित बनाइराख्न विभिन्न ठाउँमा ट्रान्सफर्मर अपग्रेड गरिएको छ भने वुस कटिङ्ग लगायतका अन्य लाइन सुधारका कार्यहरु भइरहको छ, सूचना अधिकारी चन्दले भने, ।”


विद्युतमा पटक–पटक आउने गरेका समस्या आउन नदिन विद्युतले कम भोल्टेज भएको ट्रान्सफर्मर अपग्रेड गरिरहेको, कण्डक्टर तारलाई ०३ बाट ०५ राखिएको छ । यसैगरी बुस कटिङ गरिरहेको, फेज थप, ओभर लोड भएको फिडरलाई सवस्टेशनबाट अर्काे फिडरमा लैजाने तयारी भएको, ट्रान्सफर्मरको फ्युज नआओस् भन्नका लागि एलटि लाइनमा एमसिबि बक्स जडान गरिएको वितरण केन्द्रले जनाएको छ ।

विद्युत लाइन निरन्तर सुचारु राख्नको लागि ठाउँ, ठाउँमा डिस कनेक्सन राख्न पहल गरेको, सवस्टेशनमा रहेको ट्रान्सफर्मर र ब्रेकरको मर्मत कार्य गरेको, नानपारादेखि नेपालगञ्जसम्म ३३ के.भि.ए. लाइनमा भएको रुखहरुको बुस कटिङ गरेको जनाएको छ । नेपालगञ्ज र अन्य क्षेत्रमा विद्युतको समस्याको दीर्घकालिन समाधानका लागि जानकी गाउँपालिका र खजुरा गाउँपालिकामा विद्युत सवस्टेशन निर्माणको कार्य समेत अघि बढाइएको वितरण केन्द्रले जनाएको छ ।

अधिकारकर्मी नमस्कार शाहले नेपालगञ्जमा गर्मीको समयमा विद्युत अनियमित भइरहने भएकाले पूर्व तयारीबारे भइरहेको तयारी बारे सूचना माग गरिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बर्दियासँग जोडिएको सीमानामा १९ वटा सुरक्षा पोष्ट

२२ बैशाख २०८०, शुक्रबार १२:५५
बर्दिया : बर्दियासँग जोडिएको नेपाल भारत सिमानामा सशस्त्र प्रहरी बलको थप ५ सहित १९ वटा सुरक्षा पोष्ट निर्माण भएको छ । सशस्त्र प्रहरी बल ३१ नम्बर गण गुलरिया अन्तर्गत पछिल्लो पटक मानपुरटपरा, धनौरा, टेपरी, सानो डाँफे र शंकरपुरमा बोर्डर अब्जरभेसन पोस्ट (बिओपी) स्थापना भई सुरक्षा बल खटिइसकेका छन् । जिल्लाको […]