बिन्दु कुँवर उपाचार सहयोग समिति गठन

११ माघ २०७५, शुक्रबार १५:३५
 

सदरलाइनडटकम,
नेपालगञ्ज : तत्कालिन महिला तथा बालबालिका कार्यालय बाँकेमा कार्यरत महिला बिकास निरिक्षक बिन्दु कुवँर बिगत एक वर्षदेखि क्यान्सरबाट पीडित छन् । उनको जीवन रक्षाको लागि सहयोग जुटाउन बाँकेमा रहेका विभिन्न क्षेत्रबाट पहल सुरु भएको छ ।
हाल महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा कार्यरत कुँवर करिव १ बर्षदेखि क्यान्सर बिरुद्धको उपचारमा रहेकी उनको उपचारमा सहयोग पुराउने उदे्श्यले नेपालगञ्ज उद्योग बाणिज्य संघका पूर्व उपमहासचिव रचना श्रेष्ठको संयोजकत्वमा बिन्दु कुवँर उपचार सहयोगार्थ समिति गठन गरिएको हो ।
नेपालगञ्ज उद्योग बाणिज्य सँघकी पूर्व उपमहासचिव श्रेष्ठको संयोजकत्वमा गठित ९ सदस्सिय समितिको सहसंयोजकमा गैर सरकारी सँस्था महासँघ नेपाल बाँकेका सचिव तथा बासका कार्यकारी निर्देशक नमस्कार शाह, सदस्य सचिवमा बाल अधिकारकर्मी साहिल अन्सारी, सदस्यहरुमा माईती नेपाल नेपालगञ्जका प्रमुख केशव कोईराला, नेपाल पत्रकार महासँघ बाँकेका निबर्तमान अध्यक्ष रुद्र सुवेदी, पश्चिम तारा नेपालकी परिना चौधरी, साना हातहरुकी संयोजक अम्बिका पुन, बाल अधिकारकर्मी श्वेता गुरुंग रहेका छन् ।
समितिको सल्लाहकारमा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य झलक गैरे, महिला तथा बालबालिका कार्यालयकी प्रमुख शोभा शाह रहेका छन् । समितिले बिभिन्न तवरले आर्थिक संकलन गरि कुवँरको उपचारको लागि सहयोग हस्तान्तरण गर्ने छ ।
यसैबीच बाँकेमा रहेर लैङ्गिक हिंसा विरुद्ध सक्रिय भुमिका निर्वाह गरेकी महिला विकास अधिकृत कुँवरको उपचारमा सहयोग पुराउन सबै क्षेत्रलाई संयोजक श्रेष्ठले आग्रह गरेकी छन् ।

Next Post

चट्टयाङ्ग लागेर दर्जीको मृत्यु

११ माघ २०७५, शुक्रबार १५:३५
सदरलाइनडटकम, नेपालगञ्ज  :  शुक्रबार दिउसो साढे २ बजेतिर पानीसंगै परेको चट्टयाङ्ग लागेर बाँकेमा एकजनाको मृत्यु भएको छ । चट्टयाङ्गमा परेर गम्भीर घाइते भएका नेपालगञ्ज उप–महानगर वडा नं.२३ जंगली सिंहपुरवाका ३७ वर्षिय लाल मोहम्मद दर्जीको मृत्यु भएको हो । उनलाई उपचारको लागि अस्पताल ल्याउदै गर्दा शुक्रबार दिउसो २ बजेर ४७ मिनेट जाँदा […]