एक महिना विद्यालय बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

सदरलाइन संवाददाता ३१ चैत्र २०७७, मंगलवार १७:१३
 

काठमाण्डौ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकासहित ठूला सहरका शिक्षण संस्था एक महिना बन्द गर्न सिफारिस गरेको छ ।

मंगलबार पत्रकारसँग कुरा गर्दै स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले संक्रमणको जोखिम बढ्दै गएपछि एक महिना विद्यालय बन्द गरेर अनलाइन पठनपाठनको व्यवस्था मिलाउन सिफारिस गरेको बताएका हुन् ।

मन्त्रालयले तत्कालका लागि अनलाइन माध्यमबाट पठनपाठनको व्यवस्था गर्नेगरी विद्यालय बन्द गर्न सिफारिस गरेको हो ।


पछिल्लो समय विद्यार्थी र शिक्षकामा संक्रमण बढी देखिएको भन्दै मन्त्रालयले यस्तो सिफारिस गरेको हो । जनस्वास्थ्य मापदण्ड पालना गरेर मात्र विद्यालयका गतिविधि सञ्चालन गर्नसमेत मन्त्रालयले अनुरोध गर्दै आएको छ ।

निजी विद्यालय सञ्चालकले स्वास्थ्य मापदण्ड पालना गरेर विद्यालय सञ्चालन गर्छु भनेर जोखिम मोलेको भन्दै सरकारले ठूला र संक्रमण बढ्दै गएका सहरमा विद्यालय एक महिना बन्द गर्ने तयारी गरेको हो ।

Next Post

कोरोना संक्रमणबाट बाँकेमा एक जनाको मृत्यु

३१ चैत्र २०७७, मंगलवार १७:१३
नेपालगञ्ज : कोरोना संक्रमणबाट बाँकेमा एक जनाको मृत्यु भएको छ । नेपालगञ्जको भेरी अस्पतालमा उपचाररत ३७ वर्षीय युवाको कोरोना संक्रमणका मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिए । कैलालीको लम्किचुहा १ का ति पुरुषमा चैत्र ३० गते कोरोना संक्रमण देखिएको थियो । संक्रमण देखिएलगत्तै भेरी अस्पतालको कोभिड […]