बर्दियासँग जोडिएको सीमानामा १९ वटा सुरक्षा पोष्ट

सदरलाइन संवाददाता २२ बैशाख २०८०, शुक्रबार १३:०२
 

बर्दिया : बर्दियासँग जोडिएको नेपाल भारत सिमानामा सशस्त्र प्रहरी बलको थप ५ सहित १९ वटा सुरक्षा पोष्ट निर्माण भएको छ । सशस्त्र प्रहरी बल ३१ नम्बर गण गुलरिया अन्तर्गत पछिल्लो पटक मानपुरटपरा, धनौरा, टेपरी, सानो डाँफे र शंकरपुरमा बोर्डर अब्जरभेसन पोस्ट (बिओपी) स्थापना भई सुरक्षा बल खटिइसकेका छन् ।

जिल्लाको राजापुर र कण्ठपुरमा सशस्त्र प्रहरी नायव उपरीक्षकको कमाण्डमा २ वटा गुल्ममा सुरक्षा बल तैनाथ छन् । गुलरियामा सशस्त्रको गण अन्तर्गत १३ वटा बिओपी, एउटा एफओपी, तत्काल प्रतिकार्य गर्ने पोष्ट १ र सुरक्षा बेस क्याम्प एउटा तयार भइ सुरक्षा बल परिचालित छन् ।

हरेक पोष्टमा २० देखि २५ जना सशस्त्र प्रहरी बल तैनाथ रहेको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले बताए । भगतपुर, कर्मोना, सलारपुर र पकडियामा प्रस्तावित पोष्ट आवश्यकता नभएकोले खारेज गरिएको उनले जनाए ।


बर्दियासँग भारत उत्तरप्रदेश राज्यको बहराईच जिल्ला ८३ किलोमिटर जोडिएको छ । भारतीय सीमा ८० प्रतिशत घना जंगल छ । बर्दियासँग जोडिएको भारतीय सीमामा एसएसबीको २६ वटा युनिट तैनाथ छ ।

सीमामा सबै बिओपी निर्माण भएपछि सीमा सुरक्षा, आपराधिक गतिविधि, तस्करी, लागू औषध, अवैध हातहतियार ओसारपसारलगायत अपराध पूर्णरुपमा रोकिने सशस्त्र प्रहरी उपरीक्षक हर्कबहादुर शाहीले बताए । निर्माण भएका अधिकांश भौतिक संरचनाले भने पूर्णता पाएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना

२२ बैशाख २०८०, शुक्रबार १३:०२
नेपालगञ्ज : संखुवासभाको भोटखोला–४ मा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना भएको छ । केही बेरअघि हेलिकप्टर दुर्घटना भएको भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर लामाले बताए । हटिया गोलाको छोङग्राङबाट माथिल्लो अरुण जलविद्युत् आयोजनाको सामग्री बोकेर उडेको हेलिकप्टर सिप्ररुङको हम्मरेडाँडामा रुखमा ठोक्किएर दुर्घटना भएको हो । संखुवासभा विमानस्थल प्रमुख भानु कोइरालाका अनुसार, शुक्रबार […]