साइरन प्रयोगकर्ताहरुसगँ अन्तरक्रिया

११ श्रावण २०७५, शुक्रबार २१:०८
 

सदरलाइनडटकम 
नेपालगन्ज : बाढी जन्य प्रकोपबाट क्षति न्यूनिकरण गर्नको लागि गरिएका प्रयासका बारेमा गाउँपालिकास्तरमा समीक्षा गरिएको छ ।
बाढी पूर्व सुचना प्रणाली सम्बन्धी बाँकेको राप्ती सोनारी गाँउपालिका वडा नम्बर ६ मा केन्द्र बिन्दू पारेर शुक्रबार समुदायका साइरन प्रयोगकर्ताहरुसगँ अन्तरक्रिया गरीएको छ ।
बाढीबाट जोखिममा रहेका समुदायलाई नयाँ प्रबिधिको बारेमा जानकारी गराइएको जिल्ला विपद व्यवस्थापन समिति (दैवि प्रकोप उद्धार) का सुचना व्यस्थापन अधिकृत गौरीलाल बुढाथोकिले जानकारी दिए ।
३० जना स्थानीयलाई बाढी पुर्व अपनाउनु पर्ने सावधानिका विषयमा सचेत रहन आग्रह गरीएको बुढाथोकीले जनाए ।
जल तथा मौसम विभाग कर्णाली बेसिन कार्यालय, सेभदचिल्ड्रेन, बेस बाँके, केयर नेपाल, रेडक्रस जिल्ला विपद व्यवस्थापन समितिले सयुक्त रुपमा स्थानीय साइरन प्रयोगकर्ताहरुलाई सहजिकरण गरेका थिए ।
फोटो : गुगलबाट

Next Post

ड्राईभिङ्ग लाईसेन्सकाे आवदेन आइतबारबाट खुल्दै, देशभरीबाटआवेदन दिन सकिने

११ श्रावण २०७५, शुक्रबार २१:०८
कमला अर्याल  काठमाडौं  : आइतबारदेखि सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स)को आवेदन खुला हुने भएको छ । करिब ढेड महिनादेखि बन्द भएको सावारी लाइसेन्स १३ साउनदेखि देशैभरि खुला हुने भएको हो । सवारी लाइसेन्स खुलेलगत्तै लाइसेन्स लिने पर्खाइमा रहेका सर्वसाधारणले राहत पाउने भएका छन् । यातायात व्यवस्था विभागका प्रवक्ता तुल्सीराम अर्यालले […]

सम्बन्धित