युएईलाई पराजित गर्दै नेपाल एसिया कपका लागि छनोट

सदरलाइन संवाददाता १९ बैशाख २०८०, मंगलवार १२:३१
 

नेपालगञ्ज : नेपाल एसिया कपका लागि छनोट भएको छ । मंगलबार एसीसी प्रिमियर कपमा यूएईसँग भएको फाइनल खेल जित हासिल गर्दै नेपाल एसिया कपमा छनोट भएको हो ।

नेपालको जीतका लागि गुल्सन झाले ६७ रनको नटआउट पारी खेले । भीम सार्कीले ३६ रनको नटआउट पारी खेले ।


वर्षाका कारण सोमबार बाँकी रहेको खेल मंगलबार ‘रिजर्भ डे’मा भएको थियो । जसमा यूएईले ११७ रन बनाएको थियो । ११८ रनको लक्ष्यमा ब्याटिङ गरेकझो नेपालले सन् १९८४ मा सुरु एसिया कपको १६ औं संस्करणमा नेपालले पहिलो पटक सहभागिता जनाउने छ । एसीसी प्रिमियर कपको उपाधि जितेको नेपालले सेप्टेम्बरमा एसिया कप खेल्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दूध बिक्रीबाट मासिक ७५ हजार आम्दानी

१९ बैशाख २०८०, मंगलवार १२:३१
नेपालगञ्ज : बाँकेको कोहलपुर–१३, खड्कवारका ५५ वर्षीय गोपाल ओलीले दूध बेचेर मात्रै मासिक ७५ हजार रुपैयाँ आम्दानी गरिरहेका छन् । विगत दुई वर्षदेखि व्यावसायिक गाईपालनमा सक्रिय रहनुभएका ओलीले सबै खर्च कटाएर दूध बेचेर मासिक ७५ हजार आम्दानी गरिरहेको उनले बताए । किसान ओलीका अनुसार दैनिक साँझ बिहान गरेर ५० लिटर […]