नेपालगञ्ज इजलाशद्वारा ७१ प्रतिशत मुद्दा फर्च्योट

३ श्रावण २०७६, शुक्रबार १६:४१
 

सदरलाइनडटकम,
नेपालगञ्ज : उच्च अदालत तुल्सीपुर, नेपालगञ्ज इजलाशले ७१ दशमलव २२ प्रतिशत मुद्दा फर्च्योट गरेको छ । अघिल्लो वर्षको जिम्मेवारी सरेर आएका तीन सय ६६ र नयाँ दर्ता भएका एक हजार तीन सय ३७ गरी जम्मा एक हजार सात सय तीनमध्ये एक हजार दुई सय १३ मुद्दा फर्च्योट गरेको हो ।
उच्च अदालत तुल्सीपुर, नेपालगञ्ज इजलाशका रजिस्ट्रार हिरण्यप्रसाद भण्डारीले जिम्मेवारी सरेर आएकामध्ये दुई र आव ०७५/७६ मा दर्ता भएका चार सय ८८ गरी चार सय ९० थान मुद्दा फर्च्योट हुन बाँकी रहेको बताए । लक्ष्यभन्दा ११६ दशमलव ४१ प्रतिशत बढी मुद्दा फर्च्योट गरेको उनले बताए । अदालतका अनुसार रिट र शुरु क्षेत्राधिकार भएको एक र देवानी प्रकृतिको एक गरी दुई थान मुद्दा मात्र एक वर्ष नाघेका छन् ।
उनले ६ महिना नाघेका एक सय ३१, तीन महिना नाघेका एक सय ४० र तीन महिनाभित्रका दुई सय २८ थान मुद्दा विचाराधीन रहेको जानकारी दिए । उच्च अदालत तुल्सीपुर, नेपालगञ्ज इजलाशका वरिष्ठतम् न्यायाधीश विष्णुदेव पौडेलले भने । कैफियत प्रतिवेदनतर्फ पनि ९८ दशमलव ६७ प्रतिशत प्रगति भएको छ । जिम्मेवारी सरेर आएको आठ र आर्थिक वर्ष ०७५/७६ मा दर्ता भएका दुई सय १८ मध्ये तीन वटा मात्र फर्च्योट हुन बाँकी रहेको न्यायाधीश पौडेलले बताए ।

Next Post

ओलीपछि प्रचण्ड प्रधानमन्त्री बन्ने : नेता पौडेल

३ श्रावण २०७६, शुक्रबार १६:४१
सदरलाइनडटकम, रुपन्देही : नेकपाका नेता तथा स्थायी समितिका सदस्य देवेन्द्र पौडेल ’सुनिल’ले सरकारको नेतृत्व पुष्पकमल दाहाल ’प्रचण्ड’ले गर्ने बताउनु भएको छ । रिपोर्टर्स क्लव पाँच नम्बर प्रदेशले शनिवार बुटवलमा आयोजित साक्षात्कारमा बोल्दै उनले पार्टी एकताको बेला शीर्ष नेताबीच भएको पाँच बुदे सहमतिमा आलोपालो सरकारको नेतृत्व उल्लेख भएकाले केपी ओलीपछि प्रचण्ड […]

सम्बन्धित