अध्यक्ष शाहीद्वारा विश्व मजदुर दिवसको शुभकामना व्यक्त

सदरलाइन संवाददाता १८ बैशाख २०८०, सोमबार १३:४६
 

बैजनाथ (बाँके) : बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीले विश्व मजदुर दिवस ९मे १० २०२३ को अवसरमा शुभकामना व्यक्त गरेका छन् । शाहीले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली श्रमजीवीहरूमा शुभकामना व्यक्त गरेका हुन् ।

श्रमिकहरूको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन र उनीहरूको हक, अधिकार स्थापित भएको दिनको रूपमा प्रत्येक वर्ष मे १ तारिखमा यो दिवस मनाउने गरिन्छ ।


यस दिवसले आफ्नो हक, हित, अधिकार तथा स्वतन्त्रताको रक्षार्थ विश्वभरिका सम्पूर्ण श्रमजीवीहरूलाई एकताको सूत्रमा बाँध्न सहयोग पुग्ने विश्वास समेत गरेका छन् । उनले स्थानीय सरकार बैजनाथ गाउँपालिका सबै श्रमिकहरूको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन र उनीहरूको हक, अधिकार स्थापित गर्न प्रतिवद्ध रहेकोसमेत बताएका छन् ।

नेपाललगायत विश्वभरका मजदुरहरुले १ मईको दिनलाई अन्तर्राष्ट्रिय श्रमिक दिवसका रुपमा मनाउँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपाल–भारत सीमा मंगलवार रातीदेखि दुई दिन बन्द हुने

१८ बैशाख २०८०, सोमबार १३:४६
नेपालगञ्ज : नेपाल–भारत जमुनाहा सिमा नाका दुई दिन बन्द गरिने भएको छ । बाँके जिल्लासँग सिमाना जोडिएको भारतको उत्तर प्रदेशको बहराइच जिल्लामा वैशाख २१ गते हुने नगर पञ्चायतको निर्वाचनका लागि नाका बन्द गर्न लागिएको हो । मंगलवार १९ वैशाख राती १२ बजेदेखि २१ गते बेलुका ६ बजेसम्म जमुनाहा नाका पूर्णरुपमा […]