कोशी पर्यटन वर्षका लागि आउने भारतीय सवारी साधनमा स्टिकर टाँसेर नेपाल प्रवेश गराउन सुरु

सदरलाइन संवाददाता २९ चैत्र २०८१, शुक्रबार १९:३७
 


विराटनगर  :  कोशी प्रदेश सरकारले आगामी २०८२ लाई कोशी पर्यटन वर्ष घोषणा गरेकोले यसको व्यापकताको लागि सिमा नाकामा पर्यटकीय सवारी साधनलाई स्टिकर टाँस्न सुरु गरेको छ ।

भारतीय नंम्बरका सवारी साधनलाई सुरक्षा जाँचका नाममा अनावश्यक रोकेर दुख्ख दिएको जनगुनासो व्यपक आएपछि त्यसलाई निस्तेज गर्न जोगबनी नाकाबाट स्टिकर टाँस्न सुरु गरिएको हो ।

कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भारतीय सवारी साधनमा स्टिकर टाँसेर अभियानको सुरुवात गरेका हुन ।

प्रदेश सरकारले कोशी भ्रमणका लागि आउने पर्यटकहरूलाई सहज र सरल होस् भनेर यो अभियान सुरु गरेको हो । भारतबाट आउने पर्यटकहरुलाई प्रहरीले अनावश्यक दुःख दिने गरेको गुनासो आएपछि यो अभियानलाई कोशी प्रदेशभरि लागू गर्न लागेको हो ।

यो स्टिकर टाँसेको सवारी साधनलाई नाकामा चेकजाँच गरेपछि अरु बीचमा प्रहरीले चेकजाँच गर्न नपाउने व्यवस्था गरिएको छ । कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले सो अभियानको उद्घाटन गर्दै स्टिकर टासेपछि पर्यटकमा हुने अनावश्यक झन्झट र दुःख हट्ने बताए । यसले कोशी प्रदेशको पर्यटन वर्ष सफल हुने उनले बताए ।


नेपालीहरूको मूल मर्म अतिथि देव भव भएकाले अतिथिको सम्मान गर्नु हाम्रो दायित्व भएको बताउँदै कार्कीले अतिथिहरुलाई सम्मान गरेर पर्यटन वर्ष सफल पार्न आग्रह गरे । उनले पर्यटन वर्ष सफल भएमा आर्थिक समृद्धि र विकास सम्भव हुने कुरामा जोड दिए ।

कार्यक्रममा बोल्दै पर्यटन वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले पर्यटनको माध्यमबाट विकास र समृद्धिलाई अघि बढाउन सबैलाई आग्रह गरे ।

कोशी प्रदेश सरकारले वैशाख १ गतेदेखि पशुपतिनगर, काँकरभिट्टा, भन्टाबारी र जोगबनी नाकामा स्टिकर टाँस्ने व्यवस्था गरेको छ । प्रहरी र कर्मचारी राखेर सानो कार्यालय समेत स्थापना गरी यो काम अगाडि बढाइएको छ ।

यसैबीच आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले सुरक्षाको दृष्टिकोणले अत्यन्तै संवेदनशील खालको सूचना आएमा मात्र स्टीकर टाँसिएका गाडिमा चेकजाँच गरिने जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एमाले बिनाको राजनीतिको सपना नातिपुस्तामा पनि संभव छैन :  एमाले अध्यक्ष ओली

२९ चैत्र २०८१, शुक्रबार १९:३७
रूपन्देही :  प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले बिनाको राजनीतिको सपना नातिपुस्तामा पनि संभव नभएको ठोकुवा गरेका छन् । नेकपा एमालेले शुक्रबार बुटवलमा आयोजना गरेको जागरण सभालाई सम्बोधन गर्दै यस्तो ठोकुवा गरेका हुन । उनले यो सरकार र गठबन्धनमा कुनै समस्या नरहेको भन्दै केही तत्वहरूले चलाएको हल्लाले […]