नेपालगञ्ज र कोहलपुरमा तीब्र गतिको ईन्टरनेट ‘भायनेट’

१ फाल्गुन २०७६, बिहीबार १८:३८
 

सदरलाइनडटकम,
नेपालगञ्ज :  तीब्र गतिको र शुलभ दरमा ईन्टरनेट सेवा प्रवाह गर्ने योजनाको साथ नेपालगञ्ज र कोहलपुरमा ईन्टरनेट सेवा प्रदायक कम्पनी ‘भायनेट’ले आफ्नो उपस्थिति जनाउने भएको छ ।

‘भायनेट’ बाँकेका शाखा प्रवन्धक भानुभक्त रेग्मीले आफुहरु विभिन्न प्रतिस्पर्धी कम्पनीहरुको बिचमा तीब्र गतिको ईन्टरनेट सेवा सहित आक्रमक योजनाका साथ नेपालगञ्ज र कोहलपुर क्षेत्रमा आफ्नो सेवा बिस्तार गरेको जानकारी दिए ।

उनले ‘भायनेट’ बाँकेमा ईन्टरनेट सेवा प्रदायकमा नयाँ भए पनि आफुहरुले २० वर्ष पहिलेदेखि राजधानी काठमाडौमा आफ्नो सेवा प्रदान गर्दै आई रहेको बताए । उनले भने–‘हामी अन्य ईन्टरनेट सेवा प्रदायक कम्पनीको भन्दा निकै कम मूल्यमा तीब्र गतिको ईन्टरनेट नेट टिभि सहित बजारमा छिटै आफ्नो प्रभुत्व जमाउने छौ ।’

शाखा प्रबन्धक रेग्मीले ग्राहकले ‘भायनेट’ नेट जोड्दा लाग्ने जडान शुल्क बापत रु. २ हजार ५ सय बुझाउनु पर्नेछ जस मध्येमा १ हजार १ सय ३५ रुपैयाँमात्र खर्च लाग्ने र बाँकि बचेको १ हजार ३ सय ६५ रुपैयाँ ग्राहकले फिर्ता पाउने गरी धरौटीको रुपमा जम्मा हुने बताए ।


उनले आगमी फागुन २० देखि नेपालगञ्जमा आयोजना गर्न लागेको क्यान ईन्फोटेकको अवसर पारेर ग्राहकले एक वर्षको नेट जडान गर्दा थप दुई महिनाको निशुल्क सेवा पाउने जानकारी दिए ।

त्यसैगरी यहि फागुन २० गतेसम्म यो नेट जडान गर्ने ग्राहकले २० गतेसम्म जडान शुल्क बाहेक अन्य कुनै शुल्क तिर्नु नपर्ने रेग्मीले बताए । क्यान महासंघ बाँके शाखाको आयोजनामा आगामी फागुन २० देखि २४ गतेसम्म नेपालगञ्जमा संचालन हुने ‘क्यान ईन्फोटेक’ मेलाको ‘भायनेट’ कम्युनिकेशन सिल्भर स्पोन्सरसमेत रहेको छ ।

‘भायनेट’ का यस्ता छन सुविधा

तीन महिनाको २० एमबिपिएस डाटालाई ३ हजार ३ सय, यसैगरी ३० एमबिपिएसलाई ४ हजार ५ सय, ४० एमबिपिएसलाई ५ हजार १ सय र ६० एमबिपिएसलाई ६ हजार ४ सय ५० शुल्क लाग्ने र एक वर्षको २० एमबिपिएस डाटालाई ११ हजार ४ सय, ३० एमबिपिएसलाई १३ हजार ५ सय, ४० एमबिपिएसलाई १५ हजार ३ सय र ६० एमबिपिएसलाई १९ हजार १ सय ५० रुपैयाँ शुल्क लाग्ने शाखा प्रवन्धक रेग्मीले जानकारी दिए ।

माथिका सवै सेवामा नेट टिभीको निशुल्क लाईन जडानको सुबिधा ग्राहकले पाउनेछन् । ग्राहकलाई नेट सुविधा प्रदान गर्नका लागि नेपालगञ्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकाका सवै वडाहरुमा फाईवर जडान गरि सकिएको जानकरी दिदै भनेजस्तै गुणस्तरीय ईन्टरनेट सेवा दिने तयारी तीब्र पारेको शाखा प्रबन्धक रेग्मीले बताए ।

Next Post

नेपालगञ्जका ३९ स्थानमा हाईमाष्ट लाईट राखिदै

१ फाल्गुन २०७६, बिहीबार १८:३८
सदरलाइनडटकम, नेपालगञ्ज  : नेपालगञ्ज उप–महानगरपालिका तीन दर्जन बढि स्थानमा हाईमाष्ट लाईट जडान गरिने भएको छ । नगरको वीपीचोकमा जडान गरिएका जस्तै थप स्थानमा हाईमाष्ट लाईट जडान गर्न लागिएको हो । नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणा नेतृत्वको जनप्रतिनिधी र प्राविधिक सहितको टोलीले हाईमाष्ट लाईन जडान गरिने क्षेत्रको स्थलगत अनूगमन गरि […]