डुडुवा तटबन्ध र सिकलसेलका लागि १ करोड २० लाख बजेट

सदरलाइन संवाददाता २३ जेष्ठ २०८०, मंगलवार १२:३०
 

कोहलपुर (बाँके) : आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि संघीय सरकारले कोहलपुरमा दुई वटा योजनामा बजेट विनियोजन गरेको छ । कोहलपुर नगरपालिकाले माग गरेकामध्ये समपुरक र विषेशतर्फ दुई वटा योजनामा संघीय सरकारले १ करोड २० लाख बजेट विनियोजन गरेको हो ।

कोहलपुर नगर कार्यपालिकाको मंसिर २७ गते बसेको बैठकले समपुरक र विषेश योजनाका लागि ११ वटा योजना माग गरि पठाएको थियो । त्यसमा समपुरक योजनाका लागि ५ वटा र विषेशका लागि ६ वटा योजना माग गरि पठाइएकोमा दुबैतर्फ एक–एक वटा योजना परेको हो । समपुरक तर्फ डुडुवा, रोहिनि खोला तटबन्धका लागि ५० लाख बजेट बिनियोजन भएको छ ।

यो योजनामा नगरपालिकाले ५० लाख थप्ने छ । यो योजना एक करोडको हुनेछ । समपुरकका लागि नगर कार्यपालिकाले प्राथमिकीकरण गरि १ नम्बरमा कोहलपुर रिङरोड निर्माण तथा स्तरोन्नतिका लागि ४ करोड, २ नम्बरमा डुडुवा रोहिनि खोला तटबन्धका लागि साढे एक करोड, ३ नम्बरमा सृजना दुग्ध डेरीदेखि बागेश्वरी क्याम्पससम्म ३३० मिटर पिच बाटोका लागि ५० लाख, ४ नम्बरमा गोहवा गाउँदेखि चौधरीया जोड्ने सडकका लागि १ करोड र ५ नम्बरमा वडा नम्बर ११ र ६ को सिमानादेखि बालबिधासम्म पक्की नालाका लागि साढे एक करोड बजेट योजना माग गरि पठाएको थियो ।


त्यसमा संघीय सरकारले डुडुवा, रोहिनि खोला तटबन्धका लागि ५० लाख बजेट बिनियोजन गरेको हो । डुडुवा खोलामा तटबन्ध नहुँदा कोहलपुर नगरपालिका वडा नम्बर १२ र १३ का आधा दर्जन बस्ती डुवान र कटानको उच्च जोखिममा छन् । वडा नम्बर १२ को प्रगति नगर, जानकी टोल, ज्ञानज्योति स्कुल टोल, भाग्रा र वडा नम्बर १३ को सिम्री डुडुवा खोलाको उच्च जोखिममा छन् ।

तटबन्ध निर्माणपछि यी बस्तीमा डुवान र कटान समस्या केहि हदसम्म हल हुने स्थानीयको बिश्वास छ । यस्तै संघीय सरकारसंग विशेष योजनातर्फ माग गरिएका ६ वटा योजनामध्ये सिकलसेल एनिमिया ल्याव संचालन तथा व्यबस्थापनका लागि ७० लाख बजेट विनियोजन भएको छ । कार्यपालिका बैठकले छैठौ प्राथमिकतामा राखेर सिकलसेल ल्याव संचालन तथा व्यवस्थापनका लागि साढे एक करोड बजेट माग गरि पठाएको थियो । त्यसमा संघीय सरकारले ७० लाख बजेट विनियोजन गरेको छ ।

नगरपालिकाले विशेष योजनातर्फ वडा नम्बर ४ स्थित हिमालय मदरसा गरिव नवाज प्राथमिक बिधालायको पर्खाल निर्माणका लागि ४ करोड, वडा नम्बर १४ स्थित राम माबीको भवन निर्माणका लागि साढे एक करोड, वडा नम्बर ३ स्थित आधारभूत स्वास्थ्य केन्द्र स्तरोन्नतिका लागि ५० लाख, वडा नम्बर २ स्थित दलित सांस्कृतिक संग्रहालय निर्माणका लागि ५० लाख र निकुञ्ज क्षेत्रमा मेसजाली तारबारका लागि ५० लाख बजेट योजना माग गरि पठाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विकासको गतिमा अघि बढ्दै कोहलपुर वडा नम्बर २

२३ जेष्ठ २०८०, मंगलवार १२:३०
कोहलपुर (बाँके) : बाँकेको कोहलपुर नगरपालिका–२ विकासको गतिमा अघि बढेको छ । वडा अध्यक्ष हरि कठायतले आफ्नो वडालाई समृद्ध र नमुना बनाउन प्रत्यक्ष आफैं खटिने गरेका छन् । चालू आर्थिक वर्षमा वडाले पूर्वाधार निर्माणलाई जोड दिएको छ । अहिले महेन्द्र राजमार्गदेखि सिद्धनगर हुँदै बर्दहवा जोड्ने सडकमा अस्फाल्टको काम तीब्र गतिमा […]