सरोकारवालाद्वारा खजुरामा अनुगमन

२७ मंसिर २०७६, शुक्रबार १७:५८
 

सदरलाइनडटकम,
खजुरा (बाँके) : जागरण समाज बाँकेले गरेका कामको सरोकारवालाहरुद्वारा अनुगमन गरेको छ । समाजले हाल बाँकेको खजुरा गाउँपालिका र जानकी गाउँपालिकामा मदेशि, मुस्लिम तथा अल्पसङख्यक समुदायमा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएकोमा यसको प्रभावकारिताबारे सरोकारवालाहरुले अनुगमन गरेका हुन् ।
समाजलाई सहयोग सहकार्य गर्ने फेल्म नेपाल, सस्थागत विकास सन्जाल ललितपुर र खजुरा र जानकी गाउँपालिकाका अध्यक्ष, प्रशासकीय अधिकृत, महिला शाखा प्रमुखलगायतका प्रतिनिधिहरुले फिल्डमै गएर लाभान्भित समुदायसगं अन्तरक्रिया गरेका हुन् । अनुगमनको क्रममा खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले विशेषत मदेशि मुस्लिम बालिकाको शिक्षामा गाउँपालिका सम्वेदशिल रहेको बताए ।
कक्षपतिले शिक्षाको क्षेत्रमा जनजागरण समाजले उल्लेख्यरुपमा काम गरेर देखाएको भन्दै घरको आर्थिक स्थिती कमजोर भएर आफ्नो पढाई अगाडि बढाउन नसकेका बालिकाहरुलाई जन जागरण समाजसगं सहकार्य गरि स्थानीय विद्यालयमा बढ्ने बाताबरण बनाउने काम भैरहेको प्रतिक्रिया दिए । कक्षपतिले सबै आफ्ना बालिकाहरुलाई विद्यालय पढ्न पठाउन निर्देशन दिए । पढ्न नपठाउने अभिभावकको घरमा आफै गएर सम्झाउने र बालिकालाई विद्यालयमा पठाउन बतावरण सिर्जना गर्ने तर्फ भुमिका खेल्ने कक्षपतिले बताए ।
अनुगमनमा फेल्म नेपालका विरेन्द्र दासले पढाई विचमै छाड्नु पर्ने बातावरण सिर्जना हुन नदिन स्थानिय सरकारले ध्यान दिन पर्नेमा जोड दिए । सस्थागत विकास सन्जालका बालकृष्ण महर्जनले कुनै पनि बाहानामा बालिकाहरुलाई पढाईबाट बञ्चित गर्न नहुने बताए । खजुरा र जानकीका मदेशि मुस्लिम तथा अल्पसङख्यक आर्थिक स्थिती कमजोर भएका बालिकाहरुलाई जन जागरण समाजले छात्रवृद्धि प्रदान गरेसगै उनिहरुको क्षमता अभिवृद्धिका लागि विभिन्न तालिम सन्चालन गर्दे आएको छ ।

Next Post

जनताको आशा र प्रधानमन्त्रीको विश्वास टुट्न दिन्न : योगेश भट्टराई {अन्तर्वार्ता }

२७ मंसिर २०७६, शुक्रबार १७:५८
नेपालको आर्थिक समृद्धिको प्रमुख जगका रुपमा पर्यटन क्षेत्रलाई स्थापित गर्ने सङ्कल्पसहित राष्ट्रिय अभियानका रुपमा मनाउन लागिएको ‘नेपाल भ्रमण वर्ष २०२०’ शुरु हुन अब दुई साता मात्रै बाँकी छ । सन् २०२० जनवरी १ तारिखमा काठमाडौँको दशरथ रङ्गशालामा विशेष समारोहसहित भ्रमण वर्षको औपचारिक शुभारम्भ गरिँदैछ । सरकारले उद्घाटन समारोहमा विश्वका ४० […]