एमाले बिनाको राजनीतिको सपना नातिपुस्तामा पनि संभव छैन :  एमाले अध्यक्ष ओली

सदरलाइन संवाददाता २९ चैत्र २०८१, शुक्रबार १९:५३
 

रूपन्देही :  प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले बिनाको राजनीतिको सपना नातिपुस्तामा पनि संभव नभएको ठोकुवा गरेका छन् ।

नेकपा एमालेले शुक्रबार बुटवलमा आयोजना गरेको जागरण सभालाई सम्बोधन गर्दै यस्तो ठोकुवा गरेका हुन । उनले यो सरकार र गठबन्धनमा कुनै समस्या नरहेको भन्दै केही तत्वहरूले चलाएको हल्लाले हावा खाएको दाबी समेत गरे ।

उनले बहुदल आए यता भएको विकासका योजनालाई राखेर छलफल चलाउन आग्रह गर्दै भने –‘सरकार ढल्ने होइन हल्लने पनि छैन यसमा सबैले प्रष्ट भए हुन्छ ।’ नेपालमा राजतन्त्र लामो समय रहेकै कारण देश अहिलेसम्म पछाडि परेको उनले बताए ।

‘२४० वर्षको राजतन्त्रमा नेपालीको विकासको अवस्था कस्तो थियो, उनीहरूले नै भनुन् । विश्वमा राजतन्त्र भए पनि धेरै विकास भएको थियो त यहाँ किन हुन सकेन ।’ उनले भने,’धार्मिक स्थल पहिले पनि थिए, बाटोघाटो पहिले नि जरूरत थियो, विमानस्थल, हुलाकी राजमार्ग, मध्यपहाडी राजमार्ग, मुख्य राजमार्ग सबै कहिले बनेका हुन् ।’


‘एकातिर एमालेले मिसन ८४ अभियान चलाएको छ, विकासका योजनामा धमाधम काम भइरहेको छ, प्रतिगामी तत्वहरूलाई छट्पटी भएको छ’ उनले भने,’केपी बिनाको अभियान चलाएकाले १५ र २० वर्ष कुरे भयो म सधैं बाँच्ने होइन तर एमालेबिनाको अवस्था कल्पना नगरे हुन्छ, त्यो नातिको पालामा नि हुँदैन जनता सचेत छन् ।’

उनले भने, ‘देश अघि बढ्यो, पछाडि फर्कदैन, जनता रैती भएर बस्न तयारी छैनन् कसैले मसानघाटमा लगिएको चिता फर्काएर ल्याउने कल्पना गरेका छन् त्यो दिवासपना मात्रै हो । राजतन्त्रमा शिक्षा, स्वास्थ्य, रोजगारीको अवस्था कस्तो थियो सबैलाई जगजायर छ त, अहिले अफवाह गरेर हुन्छ एमालेले सरकारमा गएर केही गर्छ भन्ने उदाहरण धेरै छन् कति गरेको छ सबैलाई छर्लङ्ग छ त।’

‘प्रतिगमनका हल्ला चलेका छन तर मान्छेका घर जलाएर, मान्छे मारेर, स्याउसुन्तला चोरेर हुल्लडवाजी गर्ने तर आन्दोलनको जिम्मेवारी कसैले नलिने, यस्तो नि क्रान्ति हुन्छ’ उनले भने,’अब सबै युवाहरू जिम्मेवारी भएर यहीँ काम गर्ने गराउने वातावरण बनाउनुपर्छ । आउनुस् देश बनाउन सरकारले धेरै यस्ता कार्यक्रम ल्याएको छ ।’

‘७२ सालमा संविधान बनेपछि विकासले रफ्तार लिएको छ, केही नभएको होइन भएको छ तर अझै गर्न बाँकी छ तर देश अस्थिरतामा गएकोले समस्या भएको सत्य हो, त्यही अवस्था चिर्न सहकार्य गरेको हो, सहमति गरेको हो’ उनले भने । ‘ हामी सरकारमा जानका लागि होइन केही काम गर्न गएका हौं उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

टाउको उठाएको पहिलो पटकमै दरबारियाहरू निस्तेज भए : उपप्रधानमन्त्री पौडेल

२९ चैत्र २०८१, शुक्रबार १९:५३
रूपन्देही :  नेकपा एमालेका उपाध्यक्ष एवम, उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले व्यवस्थाको कमजोरीलाई छोपेर प्रतिगामी तत्वहरूले टाउको उठाएको तर पहिलोपटक मै परास्त भएको बताएका छन् । उपप्रधान तथा अर्थमन्त्रीसमेत रहेका पौडेलले लुम्बिनीमा आयोजित जागरणसभामा दरबारियाहरू कहिले पनि जनतासँग काम नगरेको र सधैँ अराजकतामा रमाउन खोजेको दृष्टान्त तीनकुनेमा देखिएको बताए । […]