नेपालगञ्जका पत्रकार खानलाई अन्तर्राष्ट्रिय सञ्चार सेवा पुरस्कार

सदरलाइन संवाददाता १२ बैशाख २०८०, मंगलवार २०:१३
 

भरतपुर (चितवन) :  नेपालगञ्जका पत्रकार आलम खान अन्तर्राष्ट्रिय सञ्चार सेवा पुरस्कारबाट पुरस्कृत भएका छन । उनलाई मुस्लिम जर्नालिस्ट क्लब नेपाल ‘अन्तर्राष्ट्रिय सञ्चार सेवा पुरस्कार २०२३’ बाट पुरस्कृत गरिएको हो ।

चितवनमा देउराली फाउण्डेसनले आयोजना गरेको एक कार्यक्रममा फाउण्डेशनका अध्यक्ष भिम घिमिरेले मुस्लिम जर्नालिस्ट क्लब नेपालका अध्यक्ष खानलाई सो पुरस्कार प्रदान गरेक हुन् । पुरस्कारको राशी १९ हजार ५०० रुपैयाँ रहेको छ ।


पत्रकारहरुलाई संगठित गर्दै उनीहरुको क्षमता अभिवृद्धि, पेशागत सुरक्षासँगै प्रभावकारी र मुस्लिम आन्दोलन मैत्री संचार क्षेत्रमा योगदान पु¥याएको भन्दै एशोसिएसनले सो पुरस्कार क्लबलाई प्रदान गरेको हो ।

यसैगरी गरि श्रमजीवी पत्रकार संघ, राष्ट्रिय दलित पत्रकार संघ, आदिवासी जनजाति पत्रकार महासंघ, क्रियाशील महिला पत्रकार, मुस्लिम जर्नालिस्ट क्लब, मधेसी पत्रकार समाज, अपाङ्ग पत्रकार मञ्च, शिक्षा पत्रकार समूह, राष्ट्रिय स्वास्थ्य पत्रकार मञ्च र राष्ट्रिय यातायात पत्रकार मञ्चलाई सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जुँगे महादेव मन्दिरको पुनःनिर्माण हुँदै

१२ बैशाख २०८०, मंगलवार २०:१३
नेपालगञ्ज : नेपालगञ्जस्थित बागेश्वरी मन्दिरभित्र रहेको जुँगे महादेवको मन्दिर जाने पुलको पुनःनिर्माण हुने भएको छ । नेपालगञ्ज वडा नं. स्थित बागेश्वरी मन्दिरभित्र रहेको जुँगे महादेवको मन्दिर जाने पुलको पुनःनिर्माणका लागि नेपालगञ्ज उपमहानगरपालिकाले दुई करोड बजेट विनियोजन गरेर बोलपत्र आह्वान गरी काम शुरु भएको जनाएको छ । जुँगे महादेवको मन्दिर बागेश्वरी […]