जुँगे महादेव मन्दिरको पुनःनिर्माण हुँदै

सदरलाइन संवाददाता १३ बैशाख २०८०, बुधबार १४:२५
 

नेपालगञ्ज : नेपालगञ्जस्थित बागेश्वरी मन्दिरभित्र रहेको जुँगे महादेवको मन्दिर जाने पुलको पुनःनिर्माण हुने भएको छ ।

नेपालगञ्ज वडा नं. स्थित बागेश्वरी मन्दिरभित्र रहेको जुँगे महादेवको मन्दिर जाने पुलको पुनःनिर्माणका लागि नेपालगञ्ज उपमहानगरपालिकाले दुई करोड बजेट विनियोजन गरेर बोलपत्र आह्वान गरी काम शुरु भएको जनाएको छ ।


जुँगे महादेवको मन्दिर बागेश्वरी तलाउमाथि अवस्थित रहेको छ । मन्दिर पुनःनिर्माणका लागि तालको पानी सुकाएर मन्दिर र मूर्ति यथावत् राखेर प्रवेशमार्ग र पूजा गर्ने क्षेत्र फराकिलो बनाउन लागिएको नेपालगञ्जका मेयर प्रशान्त बिष्टले बताए ।

एक वर्षभित्र उक्त पुलको निर्माण सम्पन्न हुने गरी काम शुरु गरिएको बिष्टले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेका स्थानीय तहमा टिप्पर चल्न थालेपछि सडक भासिँदै

१३ बैशाख २०८०, बुधबार १४:२५
नेपालगञ्ज : बाँकेमा स्थानीय सरकारले निर्माण गरेका अधिकांश कालोपत्रे सडक भत्किएका छन् । अधिकांश स्थानीय सरकारले वार्षिक बजेटको ठूलो हिस्सा कालोपत्रे सडकमा खर्च गर्ने गरेपनि त्यो टिकाउ र गुणस्तरीय हुन नसकेको स्थानीय बासिन्दाको भनाइ छ । नेपालगञ्ज उप–महानगरपालिका र कोहलपुर नगरपालिकामा यस खालको समस्या कम देखिए पनि अन्य स्थानीय तहमा […]

सम्बन्धित