यार्सागुम्बा संकलनमा रोक लगाउँदा करोडौं राजस्व गुम्यो

सदरलाइन संवाददाता १२ श्रावण २०७८, मंगलवार ११:५९
 

जाजरकोट : यार्सागुम्बालगायतका जडीबुटी संकलनमा रोक लगाएसँगै डोल्पामा ठूलो मात्रामा राजस्व गुमेको छ । स्थानीय प्रशासनले कोरोना महामारीका कारण संकलनमा रोक लगाएको थियो ।

शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले यार्सागुम्वा संकलनकर्ताबाट बर्सेनि करोडौं रुपैयाँ राजस्व लिँदै आएको थियो। निकुञ्ज कार्यालयले सुलिगाड, तोइजुम, त्रिपुराकोट, सुम्दुवालगायतका १४ वटा नाकाबाट यार्सागुम्बा संकलनका लागि पुर्जी काट्दै आएको थियो ।

निकुञ्ज क्षेत्रभित्र ठूला र साना गरी एक सयको हाराहारीमा यार्सागुम्बा पाइने पाटन रहेको निकुञ्जले जनाएको छ । यस्तै, सामुदायिक वनभित्र रुपपानी, पोखेपानी, साइक्वारीलगायतका यार्सागुम्बा पाटन छन् ।


निकुञ्ज कार्यालयका अनुसार आर्थिक वर्ष २०७५/७६ मा साढे २० हजारको हाराहारीमा संकलन प्रवेश गरेका थिए । यार्सागुम्बा संकलक र विभिन्न जडीबुटी संकलकबाट उक्त आर्थिक वर्षमा पाँच करोड ७१ लाख रुपैयाँ राजस्व संकलन गरेको निकुञ्ज कार्यालय सुलिगाडले जनाएको छ ।

जसमध्ये यार्सागुम्बाको प्रवेश शुल्कबापत दुई करोड ९२ लाख, संकलन अनुमतिपत्र बापत एक करोड ८३ लाख, सेतकचिनीको छोडपुर्जी बापत २ करोड १४ लाख रुपैयाँ संकलन गरेको हो । यस्तै, फोक्सुण्डो ताल हेर्न जाने पर्यटकबाट प्रवेश शुल्कबापत १८ लाख ७९ हजार रुपैयाँ उठाएको कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सीमामा संघर्ष हुँदा असम प्रहरीका ६ जवानको मृत्यु

१२ श्रावण २०७८, मंगलवार ११:५९
काठमाण्डौ : भारतका दुई राज्य असम र मिजोरम सीमामा संघर्ष हुँदा असम प्रहरीका ६ जना प्रहरी जवानको मृत्यु भएको छ । असमका मुख्यमन्त्री हिम्मत विस्व सरमाले उक्त घटनाको पुष्टि गरेका हुन् । अमस–मिजोरम सीमामा हाम्रो राज्यको संवैधानिक सीमाको रक्षा गर्ने क्रममा असम प्रहरीका बहादुर ६ जवानको मृत्यु भएको मुख्यमन्त्रीले ट्वीटरमा […]