पोषण केसीको समर्थनमा उभिए क्षेत्रका सबै जिल्ला सदस्य

सदरलाइन संवाददाता ८ मंसिर २०७८, बुधबार १८:००
 


कोहलपुर (बाँके) : नेपाली काँग्रेस बाँके क्षेत्र नं. १ का क्षेत्रीय सभापतिका उम्मेदवार पोषण केसीलाई विजयी बनाउन सो क्षेत्रबाट प्रतिनिधित्व गरेर जिल्लामा निर्वाचित, जिल्ला कार्यसमितिका सबै सदस्य लागि परेका छन् ।

उनी संस्थापन ईतर पक्षका उम्मेदवार केसीका पक्षमा १३ औं महाधिवेशनमा क्षेत्र नं. १ बाट जिल्ला कार्यसमितिमा ६ जना निर्वाचित भएका थिए । ति मध्ये लाहुराम थारु बाहेक अन्य पाँचै जना केसीको पक्षमा उभिएका हुन् । केसीका पक्षमा रहेका जिल्ला सदस्यहरु नरबहादुर आले, गौरा भट्टराई, प्रेमराज श्रेष्ठ, चिन्तामणी धिताल र पवनकुमार शाहले केसीको प्यानललाई जिताउन मतदाता माझ पुगेका छन् ।


जिल्ला सचिव तप्त पौडेलका अनुसार पुराना पुस्तालाई सम्मान र युवा पुस्तालाई प्रोत्साहन गर्दै केसी प्यानल चुनावी मैदानमा होम्मिएको बताए । उनले अग्रजदेखि काँग्रेसलाई माया गर्ने आम कार्यकर्ताहरु युवा नेता केसीको पक्षमा दृढ भएर उभिएको बताए ।

बाँके निर्वाचन क्षत्र नं. १ बाट संस्थापन पक्षका उम्मेदवार माधवराम खत्री चुनावी मैदानमा उत्रिएक छन् । उनी तेस्रो कार्यकालको लागि मैदानमा उत्रिएका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

वीरेन्द्र शाह नेतृत्वमा पूर्ण समावेशीको दाबी

८ मंसिर २०७८, बुधबार १८:००
नेपालगञ्ज : नेपाली काँग्रेसको १४ औं महाधिवेशन कार्यक्रम अन्तरगत बाँके क्षेत्र नम्बर २ मा वीरेन्द्रबहादुर शाह नेतृत्वको समुहले पदाधिकारी उम्मेद्वारी दिएको छ । शाह नेतृत्व समुहको सचिवमा बुद्धिसागर सुवेदी, आशिष बर्मा, सह–सचिवमा ओमप्रकाश चौहन र रमेश तिमिल्सेना रहेका छन् । शाह समुहमा कर्यसमितिमा समावशी सहित सबै कार्य समिति र महाधिवेशन […]