सदरलाइनडटकम,
नेपालगञ्ज : देशभरमा आइतवार थप ४ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ हजार २६ पुगेको छ । कोरोनाबाट निको भई १ सय ९४ जना डिस्चार्ज भएका छन । हालसम्म डिस्चार्ज हुनेको संख्या १ हजार ७ सय ७२ जना पुगेको छ ।
