कोभिडका विरामीलाई खाना खुवाउँदै एमाले बाँके

सदरलाइन संवाददाता १ जेष्ठ २०७८, शनिबार १२:०५
 

नेपालगञ्ज : नेकपा एमाले बाँकेले शनिबारदेखि शिक्षण अस्पताल कोहलपुरमा उपचाररत विरामी र उनीहरुका कुरुवालाई लक्षित गरि सहुलियतदरमा खाना खुवाउने कार्य शुरुवात गरेको छ ।

कोभिड–१९ लाई लक्षित गर्दै एमाले बाँकेले खाना खुवाउने कार्य शुरु गरेको जिल्ला अध्यक्ष अशोक कोइरालाले जानकारी दिए । हरेक दिन विहान र बेलुका ३० रुपैयाँमा खाना खुवाईने एमाले बाँकेले जनाएको छ ।

खाना खुवाउने कार्यका लागि एमाले बाँकेले जिल्ला कमिटी सदस्यहरुबाट चार लाख ६८ हजार रुपैयाँ संकलन गरेको छ । पार्टीका बरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालले १५÷१५ हजार रुपैयाँ सहयोग गरेका छन् ।


अभियानमा केएल दुगड ग्रुप, नेपालगञ्ज शिक्षण अस्पताल लगायतको सहयोग रहेको एमाले बाँकेका सचिवालय सदस्य अव्दुल हुसेन खाँले जानकारी दिए । अभियानमा एमालेको कोहलपुर नगर कमिटी र बैजनाथ गाउँपालिका कमिटी, युवा संघ बाँके, युवा संघ कोहलपुर र बैजनाथ कमिटीले ब्यवस्थापन गरिरहेका छन् ।

शुभारम्भमा नेकपा एमालेका केन्द्रीय सल्लाहकार संविधानसभा सदस्य दलबहादुर सुनार, नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणा, कोहलपुर नगरपालिकाका प्रमुख लुटवहादुर रावत, बैजनाथ गाउँपालिकाका अध्यक्ष मानवहादुर रुचाल, युवा संघका महासचिव दिपक जिएम, केएल दुगड ग्रुपका प्रबन्ध निर्देशक प्रदिप छाछेड लगायतको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सम्पादक साईको कोरोना संक्रमणका कारण मृत्यु

१ जेष्ठ २०७८, शनिबार १२:०५
नेपालगञ्ज : नेपालगञ्जबाट प्रकाशित तथा सञ्चालनमा रहेको खबर नेपालगञ्ज दैनिक र खबर नेपालगञ्ज डटकमका सम्पादक रईश साईको कोरोना संक्रमणको कारण उपचारको क्रममा ज्यान गएको छ । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जमा प्रशाशन शाखामा समेत कार्यरत रहेका स्व. साईको शनिबार बिहान उपचारको क्रममा नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जमा उपचारको […]